Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष गोलेको स्वास्थ्यमा समश्या

  •   ३ वर्ष अघि | २५ माघ २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/नेपाल तामाङ घेदुङ संघीय समितिका अध्यक्ष मोहन गोले तामाङको स्वास्थ्यमा गम्भिर समश्या देखिएको हो । 

तामाङ जातिको राष्ट्रिय पर्व २८६० डुक ल्हो सोनाम ल्होछारको तयारीमा जुटिरहँदा अध्यक्ष गोलेको स्वास्थ्यमा समश्या देखिएको घेदुङका संघीय महासचिव जगतमान लामाले ब्लाष्टलाई जानकारी दिए । प्रेसर र सुगरको कारण एक हप्ता अघि देखी गोलेको स्वास्थ्यमा समश्या आएको महासचिव लामाले जानकारी दिए । 

अध्यक्ष गोलेको स्वास्थ्यमा समश्या आए लगत्तै चुच्चे पाटी स्थित् चावहिलमा रहेको स्तुपा हस्पिटलमा उपचार भैरहेको लामाले वताएका छन् । वुधवार साँझ देखी उनको स्वास्थ्यमा केही सुधार आएको भएपनि गोलेको स्वास्थ्य अवस्था सामान्य अवस्थामा आउन निक्कै दिन लाग्न सक्ने महासचिव लामाले बताएका छन् । विरामी भएको शुरुको पाँच दिन घरैमा वसेर उपचार गरेका गोले थामी नसक्नु भएपछि स्तुपा अस्पताल पुगेका थिए ।

प्रदेश नं.१ को उदयपुर घर भएका गोलेले दोश्रो पटक नेपाल तामाङको संघीय नेतृत्व गरिरहेका छन् । ताम्सालिङ्ग संघर्ष समितिका सचिवको जिम्मेवारी समेत गोलेले निर्वाह गरिरहेका छन् । यसै विच आदिवासी जनजाति पत्रकार महासंघ फोनिज १ नम्वर प्रदेस समितिका अध्यक्ष सन्तवीर लामाले नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष गोलेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । त्यसैगरी ताम्सालिङ संघर्ष समितिका प्रदेश नं.१ का अध्यक्ष चन्द्र गोम्देन तामाङ र सचिव पदम तामाङले अध्यक्ष गोलको स्वास्थ्य लाभको कामना गरे । 

यसै विच नेपाल तामाङ घेदुङ संघीय समितिका संरक्षक मनु मोक्तान तामाङ, लक्ष्मण मोक्तान तामाङ, संघीय सदस्य विष्णु मोक्तान तामाङले पनि अध्यक्ष गोलेको प्रदेश नं.१ बाट स्वास्थ्यलाभको कामना गरेका छन् । अध्यक्ष गोले आफैले पनि वुधवार राती आफ्नो स्वास्थ्य स्थितिको वारेमा आफ्नो फेसवुक स्टाटसमा लेखेर भनेका छन्– प्रारम्भिक प्रतिवेदनको आधारमा चिकित्सकहरू भन्नहुन्छ–तैले युद्ध जित्दैछस तर, केही समय हाम्रो निगरानीमा बस्नुपर्छ ।’

  • Dhankutapress

थप