Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

मारुती भ्यान र मोटरसाईकल जुद्धा एकको मृत्यु, २ को अवस्था गम्भिर

  •   ३ वर्ष अघि | २९ फाल्गुन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाइन खवर सम्वाददाता

धनकुटा/धरान धनुकटा लोकमार्गको घण्टे मुलघाट सडक खण्डको गुर्जूवामा मोटरसाईक र मारुती भ्यान एक आपसमा ठोकिदा एक जनाको घट्ना स्थल मै मृत्यु भएको छ । 

सोमवार साँझ् करिव साडे वजे भएको सडक दुर्घटनामा परि साँगुरीगढी गाउँपालिका वडा नं.६ का वर्ष २३ का दिवश तामाङको घट्ना स्थलमै मृत्यु भएको हो । साँगुरीगढी गा.पा.वडा नं.६ को सिम्सुवा झरना देखि लावरवोटेतर्फ आउँदै गरेको को १ च ३२८० नम्वरको मारुती भ्यान र मुलघाटबाट घण्टेतर्फ जाँदै गरेको को ३३ प ८३५७ नम्वरको पलचर मोटर साईकल एक आपसमा ठोकिदा तामाङको घट्ना स्थल मै मृत्यु भएको हो । 

मोटर साईकल चालक साँगुरीगढी–६ घण्टे घर भएका अभिषेक लिम्वू र मारुती भ्यान चालक झरना घर भएका वर्ष २९ का तुलवहादुर राई (याम्फू दाई) भने गम्भिर घाईते भएका छन् । घाईते दुवैको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । मृतक तामाङलाई पनि विपि मै लगिएको छ । 

भ्यान चालक तुलवहादुर राई (याम्फू दाई) भने लावरवोटेमा भूमिआयोग धनकुटाका अध्यक्ष बलवहादुर राईको नातीको छेवारमा निम्तो मान्न आउने क्रममा दुर्घटनामा परेका थिए । मोटर साईकलमा सावार तामाङ र लिम्वू भने मुलघाटमा फुटवल हेरेर घण्टेतर्फ घर फर्कने क्रममा दुर्घटनामा परेको स्थानियले बताएका छन् । तिव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटर साईकल र मारुती भ्यानमा पूर्ण रुपमा क्षति पुगेको छ । 


  • Dhankutapress

थप