Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कोशी प्रदेश नामंकनको विरुद्ध विराटनगर प्रदर्शनमा जान धनकुटामा छलफल

  •   ४ वर्ष अघि | ४ चैत्र २०७९, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/१ नम्वर प्रदेश नाम कोशी प्रदेश भएपछि आन्दोलित बनेका धनकुटाका विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता र सामाजिक संघ–संस्थाका अगुवाहरुले फागुण ५ मा विराटनगर प्रदर्शनमा जाने विषयमा शुक्रवार छलफल गरेका छन् ।

उनीहरुले कोशी प्रदेश खारेज गर्न र पहिचानको आधारमा पुनः १ नम्वर प्रदेश नामंकन गर्नु पर्नेमा जोड दिएका छन् । धनकुटामा रहेका विभिन्न दलका नेता कार्यकर्ता र सामाजिक संघ संस्थाका अगुवाहरु विरोध प्रदर्शनमा जान र निरन्तर आन्दोलनको लागि एकै ठाउँमा जम्मा भएका हुन् । उनीहरुले कोशी प्रदेश खारेज नभएसम्म धनकुटाबाट निरन्तर आन्दोलनको अगुवाई गर्न सहमत भएका छन् । 

छलफल कार्यक्रमा वोल्नु हुँदै किराँत याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले चैत्र ५ गते विराटनगरमा हुने प्रदर्शन काठमाण्डौंको गुठी आन्दोलनको झल्को दिने गरी हुने वताए । डा.लिम्वुले भने–‘उनले किराँत शब्द कौशिक ऋषिको नाममा रहेको कोशी नदी जस्तो नभई सिङ्गो सभ्यता बोकेको इतिहाँस हो ।’  चुम्लुङ र यायोखा विच मात्र नभै १ नम्वर प्रदेशवासीसंग ‘किराँत प्रदेश’ को लागि सहमति जुटाउने प्रयास भैरहेको छ ।’ 

उनले कोशिक ऋषिको नाममा राखिएको कोशी प्रदेशको विरुद्ध व्रम्हणवादी दलका नेताहरु नवोलेकाले पहिचान सहितको प्रदेश स्थापना गर्न प्रदेशवासी जनता वाध्य भएर आन्दोलनमा उत्रिनु परेको वताए । लिम्वुले जनताको वहुमत सडकमा पुग्यो भने प्रदेशका ८२ जना सांसदहरुको केहि नलाग्ने ठोकुवा गरे । त्यसैगरी जनता समाजवादी पार्टी १ नम्वर प्रदेशका अध्यक्ष दिपक याखाले  ऐतिहाशिक विरासतको आधारमा पहिचानलाई केन्द्र विन्दुमा राखेर प्रदेशको नामकरण गर्नु पर्नेमा जोड दिए । उनले किराँत प्रदेशमा सहमति जुटेको खण्डमा लिम्वुवान, शेर्पालुङ, कोचिला स्वयत्तता क्षेत्र कायम हुने गरी एक ढिक्का भएर आन्दोलन अघि वढाउन प्रदेश १ वासी सहमत हुनु पर्नेमा जोड दिए ।   

कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष प्रेम वनेम, राजनीतिक समिति सदस्य आर्सी तुम्वा, केन्द्रिय सदस्य सरकुमारी आठपहरिया, जिल्ला अध्यक्ष पार्वती राई, कियाचु केन्द्रिय सदस्य चन्द्रसिंह नेम्वाङ, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का १ नम्वर प्रदेश अध्यक्ष एवं नेपाल तामाङ घेदुङ धनकुटाका निवर्तमान सचिव सन्तवीर लामा, जसपा धनकुटा सचिव डम्वर वहादुर कटुवालको उपस्थिति रहेको थियो ।

त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष संजय सन्तोषी राई, किराँत धर्म साहित्य उत्थान संघ धनकुटाका प्रतिनिधि भिममाया लिम्वु, किराँत राई याखोखाका जिल्ला अध्यक्ष उद्धवमणि राईको उपस्थिति रहेको थियो । त्यसैगरी किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव हेमु स्मृति चोङवाङ, नगर सचिव डम्वर खवाहाङ लगायत विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।

उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नाम पुनर्लेखन नहुन्जे ल सम्म दवावमुलक कार्यक्रम संचालन गर्न संघर्ष समिति वनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले सनिवार अपरान्ह नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको सभाहलमा भेला भएर संघर्ष समिति गठन गर्ने बताएका छन् । साथै, ५ गते विराटनगर जाने विषयमा पनि सम्पुर्ण तयारी गर्ने उनीहरुले वताएका छन् ।  

  • Dhnakutapress

थप