Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा नक्कली नोटको विगविगी

  •   ५ वर्ष अघि | १६ बैशाख २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/ धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ। धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट शुक्रवार फेला परेको प्रहरीले जनाएको छ।

तिम्सिनाले नक्कली नोट फेला परेको भनि प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५र८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए। उक्त नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। 

धनकुटा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नक्कली नोटको विषयमा अनुसन्धान गरिने बताए। उनले भने, ‘नक्कली नोट कहाँबाट आयो यो विषयमा सूक्ष्मरूपमा अध्ययन र छानबिन हुनेछ।’ धनकुटामा यसअघि पनि नक्कली नोट भेटिएको थियो। निर्वाचनका वेला धनकुटामा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीय बासिन्दा चिन्तित बनेका छन्।


  • dhankutapress

थप