Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा अत्यावश्यक वाहेकका सबै सेवा बन्द

  •   ५ वर्ष अघि | ११ माघ २०७८, मङ्लबार

सुष्मिता थिङ तामाङ

धनकुटा प्रेस सम्वादाता

धनकुटा/जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको छ । 

सार्वजनिक सूचना जारि गर्दै आज वुधवार १२ गतेदेखि लागु हुने गरि आागामी भाग १८ गतेसम्म अत्यावश्यक वाहेकका सेवाहरु वन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले बताए ।   

जारी गरिएको सूचनामा नयाँ नागरिक, नागरिकता प्रतिलिपी, नावालक परिचय पत्र सम्वन्धी कार्य, राहदानी वितरण, दु्रत सिफारिश तथा राहदानी प्रयोजनको लागि नागरिकता अभिलेख प्रमाणिकरण, राष्ट्रिय परिचय पत्र सम्वन्धी कार्य, संघ÷संस्था दर्ता, नविकरण तथा संघ/संस्था सम्बन्धी अन्य कार्यहरु, पेन्सन सम्बन्धी कार्य, हातहतियार नविकरण तथा विष्फोटक पदार्थ अनुमति पत्र सम्वन्धी कार्य, अन्य प्रमाणित तथा सिफारिस लगायतका सेवा वन्द गरिएको छ । 

त्यस्तै शान्ति सुरक्षा सम्वन्धी कार्य, मुद्धा सम्वन्धी कार्य, विपद् तथा विपद् व्यवस्थापन सम्वन्धी कार्य, अत्यावश्यक आन्तरिक प्रशासनिक कार्य भने सुचारु हुने बताइएको छ ।


  • dhankutapress.com

थप