Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

गत बर्षको तुलनमा मानव अधिकारका उल्लघंनका घटना धनकुटामा वढे

  •   ३ वर्ष अघि | २५ मंसिर २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य राजेन्द्र कुमार राईले सबैले आफ्नो जिम्मेवारी पुरा गरेको खण्डमा मात्र मानव अधिकारको रक्षा गर्न सहज हुने बताए । 

अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा धनकुटामा  आईतवार आयोजित अन्तरक्रिया कार्यक्रम तथा नेपाल मानवअधिकार वर्ष पुस्तकको वार्षिक समिक्षा कार्यक्रममा राईले यस्तो बताएका हुन् । राईले भने–‘रइन्सेकले गरेको अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको छ ।’ उनले समाजमा जान्ने बुझ्ने मान्छेबाटै समाजमा घटना भइरहेको बताए । जस्को हातमा शक्ति, सत्ता र आर्थिक रुपमा बलियो छ, त्यसैले वढी मात्रामा मानव अधिकार उल्लंघन गर्ने गरेको जिकिर पुर्व मन्त्री राईले गरे । आर्थिक आर्जनमा जनता नलागेसम्म मानव अधिकार उल्लंघन नघट्ने बताउँदै प्रविधीको विकाससँगै आर्थिक विकास भएमा मानवअधिकार उल्लंघन घट्ना घट्ने बताए ।

कार्यक्रममा दिइएको जानकारी अनुसार धनकुटामा मानव अधिकार उल्लघनका घटनाहरु वृद्धि भएको पाईएको छ । नेपाल मानव अधिकार बर्ष पुस्तक २०२४ का लागी अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार गरेको वार्षिक प्रतिबेदनले धनकुटामा मानव अधिकार उल्लघनका घटनाहरु वृद्धि भएको पाईएको हो । धनकुटामा गत वर्ष ७५ वटा मानवअधिकार उल्लंघनका घटनामा ७५ जना पिडित भएकोमा यसवर्ष १ सय घटनामा १ सय ३ जना पिडित भएको इन्सेक प्रतिनिधी ईश्वर थापाले बताए । धनकुटामा यस वर्ष घरेलु हिंसा र बलात्कारका घटनामा वृद्धि भएको उनले बताए ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रममा धनकुटामा एक वर्षको अवधिमा १ सय वटा मानवअधिकार उल्लघंनका भएको इन्सेकको तथ्याङ्कले देखाएको छ । इन्सेकको तथ्यांक अनुसार १ सय घटनामा १ सय ३ जना पिडित भएको उल्लेख छ । इन्सेकको तथ्यांक अनुसार ४ जनाकोे हत्या, झडपमा २ जना घाइते, कुटपिट १ जना, मोसो दलेर २ जनामा दुव्र्यवहार, घरेलु हिंसा ७३ जना, ५ बालिका सहित १४ जना बलात्कृत, बाल यौन दुव्र्यवहार १ जना पिडित भएका छन् । त्यस्तै बालविबाह १ जना, बोक्सीको आरोप १ जना, भौतिक संरचनामा क्षति हुँदा २ पिडित, सार्वजनिक सेवाबाट बञ्चित १ जना र श्रमको हकबाट १ जना पिडित बनेको इन्सेक प्रतिनिधी थापाले बताए । 

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, जिल्ला समन्वय समितिकि उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिकाकी उपप्रमुख भीमा खनाल, धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेब रायामाझी, जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अनिलकुमार शाह, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतले मानव अधिकार उल्लंघनका घटनामा कमी ल्याउन कसको के काम भनेर नै लाग्नुपर्ने बताउँदै सबैको पहल आवश्यक रहेको बताए । 

उनीहरुले मानव अधिकारको अवस्थाका विषयमा जानकारी दिई यस्ता कार्यक्रमले समाजमा जनचेतना अभिबृद्धि गर्ने दावी गरे । साथै, महिला हिंसाका घटना दिन प्रतिदिन बढेको पाइएकोले तीनै तहको सरकारले महिला हिंसा न्युनिकरणमा जोड दिनु पर्ने उनीहरुले जोड दिए ।

  • Dhankutapress

थप