Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

अधिकारीलाई प्रेस चौतारीको सम्मान

  •   ३ वर्ष अघि | १३ जेष्ठ २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

विराटनगर/यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कोशी प्रदेशस्तरीय सो पुरस्कार विहिवार विराटनगरमा आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिएको हो । चौतारीको वार्षिक साधारणसभाको अवसर पारेर पत्रकार अधिकारीलाई सम्मान गरिएको प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालाले जानकारी दिए । उनलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, प्रतिनिधिसभा सदस्य तथा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल लगायतले सम्मानपत्र, दोसल्ला सहित नगद २१ हजारबाट सम्मान गरेका थिए । 

करिब तीन दशक पत्रकारिता पेशामा सम्लग्न सम्मानित व्यक्तित्व कान्तिपुर दैनिकका उप–सम्पादकको रुपमा कार्यरत छन् । उनले प्रेस चौतारी नेपालका दुई कार्यकाल केन्द्रीय समितिमा जिम्मेवारी निभाएका थिए । अधिकारीले श्रमजीवी पत्रकारको रुपमा निरन्तरता दिएको कारण आफु सम्मानित हुन पाएको भन्दै पेशागत मर्यादा र आवाज विहिनका आवाजको भुमिका निर्भाहा गरिरहने प्रतिबद्धता व्यक्त गरे। 

चौतारीका अनुशासन आयोगका सदस्य रामचन्द्र अधिकारीले पुरस्कारका संरक्षक शिक्षा सेवी शालिग्राम दाहाल तथा मञ्जु दाहाल र पुरस्कृत व्यक्तित्व अधिकारीकाबारे प्रकास पारेका थिए । 

उक्त पुरस्कार यस अघिउक्त अवसरमा अग्रज पत्रकार यज्ञ शर्मा, प्रेस चौतारीका कोशी प्रदेशका अध्यक्ष अभिजाल विष्ट, पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जिव खनाल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नवोदित, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य लगायतले शुभकामना दिएका थिए । वि.सं.२०७७ सालदेखि सुरु गरिएको पुरस्कार पहिलो वर्ष मोरङका अग्रज पत्रकार यज्ञ शर्मा र अघिल्लो वर्ष सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई प्रदान गरिएको थियो ।

प्रेस चौतारी नेपाल मोरङको वार्षिक साधारण सभा आठ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।   

  • Dhankutapress

थप