Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

नवजात शिशुको हत्या गरि फरार रहेका अभियुक्त ९ वर्ष पछि पक्राउ

  •   ४ वर्ष अघि | २१ भदौ २०७९, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा ९ बर्ष अघि नवजात शिशुलाई कर्तव्य गरी मारेर फरार रहेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी धनकुटामा सोमवार सार्वजनिक गरेको छ । 

    वि.सं.२०७० साल असार ७  गते नवजात शिशुको हत्या गरी धनकुटा नगरपालिका–५ विहिबारे हटियाको खोल्सीमा फाली फरार रहेका साविक भोजपुर जिल्लाको सिद्धेश्वर गाविस हालको भोजपुर नगरपालिका वडा नंं. ४ घर भएका वर्ष ४३ का प्रेमकुमार राउतलाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं. ९ गौशला एरियाबाट पक्राउ गरेको हो । उनी त्यहाँ नक्कली नाम दिएर होटल संचालन गरेर वसेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

राउतले एक महिलासँग अनैतिक सम्बन्ध राखी बच्चा जन्माएको र ति महिलाबाट जन्मिएको बच्चा बच्चालाई मारेर फालेको कसुरमा पक्राउ गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिइएकोको छ । उक्त कसुरमा जिल्ला अदालत धनकुटाको मिति २०७४ कार्तिक २० गतेको सर्वस्व सहित जन्म कैदको फैसला, उच्च अदालत बिराटनगर धनकुटा इजालसको २०७५ असोज ८ गतेको  सुरुसदर फैसला र सर्वोच्च अदालतको २०७६ बैशाख १६ गतेको अन्तिीम जन्म कैदको फैसला पाएका निजलाई प्रहरीले सार्वजनिक गरेको हो ।  उनलाई आजै धनकुटा जिल्ला अदालतमा बुझाइएको  प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । 

  • Dhankutapress

थप