धनकुटा प्रेस सम्वाददाता
विराटनगर/मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन् ।
प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी शपथमा सहभागी नभएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टी (जसपा) की निर्मला तावा लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराएका छन् ।
मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेपनि मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिएका छैनन् ।
- Dhankutapress