धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा बहुमुखी क्याम्पस, धनकुटाले ६८ औं वार्षिकोत्सव विविध कार्यक्रमको साथ भव्य रुपमा सनिवार मनाएको मनाएको छ ।
सो अवसरमा आयोजित कार्यममा धनकुटा वहुमुखी क्याम्पसमा कार्यरत विद्यावारिधी (पिएच.डी.) गरेका ५ जना प्रोफेसर, ३० वर्ष सेवा प्र्रवाह गरिसकेका १ जना प्राध्यापक र ११ जना कर्मचारी गरि १७ जनालाई भव्य सम्मान गरिएको छ ।
क्याम्पस प्रमुख एवंम सह–प्राध्यापक होमबहादुर बस्नेत धन्यवाद ज्ञापन गर्दै ।
सम्मानित हुनेहरुमा त्रि.वि.बाट विद्यवारिधी (पिएच(डी.) गरेका प्राध्यापकहरु डा.गोविन्दप्रसाद पोख्रेल, डा.अम्विकाप्रसाद पौडेल,डा.यज्ञप्रसाद गाुरागाँई, डा.श्यामप्रसाद वाग्ले र डा. सुरेन सुब्बा रहेका छन् । त्यसैगरी धनकुटा वहुमुखी क्याम्पसमा ३० वर्ष सेवा पु¥याई सक्नु भएका सह–प्राध्यापक संजितकुमार सिंलाई पनि सम्मान गरिएको छ ।
धनकुटा वहुमुखी क्याम्पसमा ३० वर्ष देखि अनवरत रुपमा दिर्घसेवा पु¥याई रहेका क्याम्पसका कर्मचारीहरु इन्दु श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, तीर्थमाया तामाङ, दिव्य प्रसाद मिश्र, रामवहादुर मगर, हिमा देवी गुरुङ, रत्न भुजेल, गोपाल कार्की, देवेन्द्र भुजेल, रेणु भुजेल र खड्गवहादुर कट्टेललाई सम्मान गरिएको छ । उनीहरुलाई त्रि.वि.प्राध्यापक संघ एकाइ समिति धनकुटाका समापति जनार्दन घिमिरे (गोठाले) त्रि.वि.प्रजातन्त्रवादी प्राध्यापक संघ एकाई समिति समापति सुन्दर श्रेष्ठ लगायतले सम्मान पत्र प्रदान गर्नुको साथै खदा ओडाएर सम्मान गरेका थिए ।
६८ औं स्थापना दिवशको अवसरमा सम्मानित व्यक्तित्वहरु सामुहिक तस्विर लिर्दै ।
आयोजित कार्यक्रममा वोल्दै त्रि.वि.प्राध्यापक संघ एकाइ समिति धनकुटाका समापति जनार्दन घिमिरे गोठालेले वि.सं. २०१२ सालमा स्थापित धनकुटा वहुमुखी क्याम्पस शुरुमा धनकुटा डिग्रि कलेजको नाममा रहेको बताए । गोठालेले धनकुटा क्याम्पस स्थापनाकालमा भारतको पटना विश्वविद्यालयको प्रोफेसरहरुबाट सोही क्याम्पसको शैक्षिक विषय वस्तुको आधारमा पठनपाठन समेत भएको बताए । वि.सं. २०१६ सालमा आएर त्रिभुवन विश्वविद्यालय स्थापना भएसंगै सम्बन्धन लिएर त्रिविको शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै ०३० सालदेखि धनकुटा बहुुमुखी क्याम्पसको नामले चिनिँदै आएको छ । क्याम्पसमा शुरुमा दुई वर्षे आई ए अध्यापन शुरु भएको थियो भने ०१४ सालदेखि स्नातक तहको मानविकी संकाय अन्तर्गत बिएको कार्यक्रम शुरु भएको थियो ।
सम्मानित हुने त्रि.वि.बाट विद्यवारिधी (पिएच.डी.) गरेका प्राध्यापकहरु सामुहिक तस्विर लिदैं ।
गोठालेले ०३४ सालदेखि मात्र शिक्षाशास्त्र संकायको कार्यक्रम शुरु भएको र पछिल्लो समय शिक्षा क्याम्पसको रुपमा चिनिदै आएको बताएका छन् । उनले धनकुटा वहुमुखी क्याम्पसले उच्च स्तरिय जनशक्ति उत्पादन गरेर नेपालमा मात्र नभ्एर संसारभर सेवा गरिहेको दावि गरे । त्यसका साथै क्याम्पसमा आवद्ध रहेर विद्यावारिधी गरेका डा.प्रोफेसरहरु देखि लिएर ३० वर्ष सेवा पु¥याई रहेका प्राध्यापकहरु र कर्मचारीहरुलाई आफूले सम्मान गर्न पाउँदा हृदय देखि नै खुशि लागेको बताए ।
प्राध्यापक डा.यज्ञप्रसाद गुरागाँई सम्मानतिहरुको तर्फबाट आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्दै ।
त्यसैगरी धनकुटा वहुमुखी क्याम्पसमा ३० वर्ष देखी सेवा पु¥याई रहेका भारतको विहार राज्यको सहर्षा जिल्ला घर भएका सह–प्राध्यापक संजित कुमार सिंले क्याम्पसको पुरानो साःखलाई अझ उच्च राख्नुपर्ने धारणा व्यक्त गरे । सम्मानति समेत भएका सह–प्राध्यापक सिंहले भने–‘यस क्याम्पसमा संस्थागत राजनिति वढी भो, अवो त्यसो होईन वौद्धिक राजनीति गर्नु पर्छ ।’ उनले भने–‘धनकुटा क्याम्पसमा गुटको खुल्ला संस्थागत राजनीतिले गर्दा यहाँको शैक्षिक उन्नयन उधोगतिमा लागिरहेको छ ।’ उनले क्याम्पसको गुणस्तर सुधार गर्न र उन्नयनको लागि हिजो दिनमा पनि आफू लागेको र अवको दिनमा पनि हरहमेसा लागि रहने प्रतिबद्धता समेत जनाए ।

त्रि.वि.प्राध्यापक संघ एकाइ समिति धनकुटाका समापति जनार्दन घिमिरे गोठाले शुभकामना मन्तव्य राख्नु हुँदै ।
कार्यक्रममा क्याम्पस प्रमुख एवंम सह–प्राध्यापक होमबहादुर बस्नेतले क्याम्पस स्थापनाकालमा आर्थिक, भौतिक र शैक्षिक रुपमा योगदान गर्ने सम्पुर्ण महानुभावहरुप्रती आभार व्यक्त गरे । उनले अबको गन्तव्य क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रमको संचालन गर्दै गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने र त्यसका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरे । सो अवसरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनका एकाइ कोषाध्याक्ष काशी नाथ कटटेल, प्रजातान्त्रिक प्राध्यापक संघका एकाइ सभापति सुन्दर श्रेष्ठ, सम्मानित व्यक्तित्व डा. यज्ञप्रसाद गुरागाईले क्याम्पसको प्रगति तथा उन्नतिको शुभकामना मन्तव्य गरे । कार्यक्रममा स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख मानबहादुर भण्डारीले राखेका थिए भने संचालन सहायक क्याम्पस प्रमुख निरज प्रधानले गरेका थिए ।
३० वर्ष सेवा गरिसकेका त्यहाँ कार्यरत कर्मचारीहरु सम्मानति भएपछि क्याम्पस प्रमुख होम वहादुर वस्नेतका साथ सामुहिक तस्विर लिर्दै ।
स्थापना दिवशको अवसरमा क्याम्पस परिसरमा र आपासमा रहेको फुलवारीहरु सरसफाई गरिएको थियो । सरसफाईमा प्राध्यापकहरु, त्यहाँ कार्यरत कर्मचारीहरु र विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
स्थापना दिवशको अवसरमा क्याम्पस परिसरमा र आपासमा रहेको फुलवारीहरु सरसफाई गर्दै प्राध्यापकहरु, त्यहाँ कार्यरत कर्मचारीहरु ।
धनकुटा बहुमुखी क्याम्पस धनकुटा सदरमुकाममा करिब २ सय रोपनी क्षेत्रफलमा फैलिएको छ भने क्याम्पसको नाममा जग्गादाताहरुबाट प्राप्त झापाको बैगुनधुरामा लगभग १ सय विघाहा जग्गा समेत रहेको छ । त्रिभुवन विश्वविद्यालयको आंंगिक क्याम्पसको रुपमा रहेको यस धनकुटा बहुमुखी क्याम्पसमा हाल त्रिविका शिक्षाशास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र व्यवस्थापन संकाय समेतका शैक्षिक कार्यक्रमहरु स्नातक र स्नातकोत्तर तहमा पठनपाठन हुँदै आएको छ भने सबै संकाय र अध्ययनसंस्थानमा गरेर एक हजार पाँच सय ८९ भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । क्याम्पसमा हाल ६१ जना प्राध्यापक र ४२ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।
- Dhankutapress