Breaking News
राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||     निर्माण व्यवसायी कार्की माथि कालोमोसो दल्नेलाई कार्वाहीको माग    ||     सरकारले कृषिमा लगानी बढाउनु पर्नेमा जोड    ||     संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए    ||     फुपूचेला, मामाचेलीको प्रथा यो राज्य बन्नुअघि नै तामाङहरुले अभ्यास गरेको परम्परा हो : अध्यक्ष गोले    ||     धनकुटा नगरपालिकाको बिदाई तथा स्वागत कार्यक्रममा ३७ वुँदा लामो सूझाब पत्र पेश    ||     अन्तराष्ट्रिय तामाङ परिषदको पाँचौं सम्मेलन सनिवार देखी थाईलेण्डमा शुरु    ||    

संविधान र कानुनका ज्ञाता सुवाचन्द्र नेम्वाङ सधैका लागि अस्ताए

  •   ३ महिना अघि | २६ भदौ २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

काठमाण्डौं/संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । 

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


को हुन् नेम्वाङ ?

सुवास नेम्वाङको जन्म वि.सं.२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।

उनी वि.सं. २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी वि.सं.२०६४ सालको संविधानसभा निर्वाचन र ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम–२ बाट विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहे ।

कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्यप्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्षसमेत भए उनी । ०७४ को संसदीय निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट उनी विजयी भए ।

गत पुस १० मा राष्ट्रपतिमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।

कानूनमा स्नातक गरेका नेम्वाङ केही समय कानून व्यवसायमा पनि थिए । विद्यार्थीकाल देखि नै राजनीतिमा होमिएका नेम्वाङ वि.सं.२०२९ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति बने । वि.सं.२०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भए ।

वि.सं.२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । वि.सं.२०५८ सालमा केन्द्रीय सदस्यमा मनोनीत भएका उनी सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

वि.सं.२०७१ सालमा भएको नवौं महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य बनेका थिए । वि.सं.२०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा नेम्वाङ वरिष्ठ उपाध्यक्ष भएका थिए ।नेकपा एमालेका नेता, प्रनिधिसभा सदस्य, एवं पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रि राजेन्द्र कुमार राईले नेता नेम्वाङ्गको निधनले नेपाली राजनीतिमा अपूर्णिय क्षति भएको भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनी अहिले टिचिङ्ग हस्पिटल काडठमाडौंमै रहेको बताएका छन् । नेता नेम्वाङको निधन पछि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,सभामुख देवराज घिमिरे,नेकपा एमालेका नेता केपी ओली लगायत राजनेताहरु टिचिङ्ग हस्पिटल पुगेको नेता राईले वताए । 

उनको निधनले नेपाली राजनीतिमा एक भद्र, सालिन व्यक्तित्वको अवशानले नेपाली जनतालाई दुःखी बनाएको छ । 

  • Dhankutapress

थप