धनकुटा प्रेस सम्वाददाता
धनकुटा/दुःख दिने नियतले मात्र अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी दिने जो कसैलाई कार्वाही गर्नु पर्ने आईतवार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले वताएका छन् ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय इटहरीले धनकुटामा आयोजना गरेको ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयक’ अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
उनीहरुले पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यलयमा व्यक्तिलाई दुःख दिने नियतले विना आधार र भरपर्दो प्रमाण विना उजुरी दिएर दुःख दिने गरेको गुनासो गरेका छन् । अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग आयोगका इन्जिनियर शैलेश दासले भ्रष्टचारको परिभाषा, भ्रष्टचारले के गर्छ ?, आयोगको संस्थागत संरचना, भ्रष्टचारजन्य कसूर र सजाय ऐन–०५९, भ्रष्टद्धार विरुद्धको अख्तियारको रणनीति, भ्रष्टचार सम्वन्धि उजुरी र प्रवृत्ति आदिका वारेमा सहजीकरण गरेका थिए ।
सचेतना कार्यक्रममा उनले सवै भन्दा वढी भ्रष्टचारको उजुरी स्थानिय तहको रहेको वताएका छन् । उनले विशेष गरेर सावैजानिक खरिद र निर्माण, खरिद योजना र वार्षिक खरिद योजना नबनाएको, गलत इष्टमेट तयार गर्ने, जिम्मेवार पदाधिकारीहरुले प्रक्रिया मिचेर काम गर्ने गरेको विनियोजित वजेट विषयन्तर गर्ने आदि गरेर वढी भ्रष्टचार गर्ने गरेको अनुशन्धानमा खुलेको वताए । दासले कतिपय सरकारी पदमा रहेका व्याक्तिहरुलाई उपभोक्ता समितिमा राखेर काम गर्ने गरेको समेत पाइएको दावी गरे ।
कतिपय स्थानिय तहहरुमा नदीजन्य पदार्थहरु ढुङ्गा, गिटी, वालुवा वातवरणिय प्रभाव मुल्याङ्गकन प्रतिवेदन विपरित उत्खन्न गरेर वस्तीहरु जोखिम पारेको समेत पाइएको दासले वताए । इन्जिनियर दासले कतिपय स्थानिय तहहरुमा शिक्षा ऐन विपरित काम गरेको र राजश्व चुहावट र अपचलन सम्वन्धि उजुरी वढी मात्रमा पर्ने गरेको वताएका छन् । उनले धनकुटा नगरपालिकामा पनि २२ वटा उजुरी माथिदअख्तियारले छानविन गरिरहेको सुनाए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरु माँझ विशेष गरेर स्थानिय तहहरुमा योजना कार्यान्वयनमा स्रोतको अनिवार्य सुनिश्चितता, आन्तरिक मूल्याङ्गका प्रणाीलको सुदृढिकरण, पारदर्शी, जवाफदेहिता, सदाचारिता र इमान्दारिता हुनु पर्ने, संस्थागत संरचना र अभिलेखिकरण गर्न सके भ्रष्टचार स्वतः न्यूनिकरण हुनेमा जोड दिइएको थियो । कार्यक्रममा भ्रष्टचार न्यूनिकरण र सुशासन प्रवद्र्धनका लागि भावी कार्य दिशा के हुने भन्ने विषयमा पनि छलफल भएको थियो ।
प्रश्तुत् कार्यपत्र माथि टिप्पणी गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भ्रष्टचार हामीले मात्र नगर्ने कि, हामी सवैले नगर्ने भन्ने भन्ने प्रश्न उव्जिएको वताए । प्रमुख तामाङले भ्रष्टचारमा नेपाल विश्वमै कसरी १ सय १७ नम्वरमा प¥यो भन्दै समिक्षा गर्नु पर्नेमा जोड दिए । स्थानिय तहको निर्वाचन ताका धनकुटा नगरपालिका विरुद्ध दुःख दिने नियतले १३ वटा उजुरी परेको स्मरण गर्दै नगर प्रमुख तामाङले भने–‘जस्ले गर्दा निर्वाचन नै प्रभावित हुने हो कि भन्ने अवस्थासम्म पु¥याए पनि तथ्यगत प्रतिवेदनहरुले गर्दा भ्रष्टचार पुष्टी भएन ।’
त्यसैगरी कार्यक्रममा सहभागी हुसाडेक नेपाल धनकुटाका उपाध्यक्ष कृष्ण गोविन्द अधिकारीले अख्तियारको आँखा अगाडी भ्रष्टचार हुँदा पनि मुखदर्शक बनिरहेको आरोप लगाए । त्यसैगरी धनकुटाका कफि उद्यमी यूवाराज दार्नालले तिनै तहको सरकारले एक पैसा आम्दामी नहुने गरी करोडौ लगानी गरेर संरचना वनाएका छन्, त्यो भ्रष्टचार होकि हैन ? भन्दै प्रति प्र्रश्न गरेका थिए । उनले अख्तियारले सवै भन्दा पहिले आफूले आफैलाई फर्केर हेर्न सुझाव दिए ।
नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठले दलका नेता सवै भन्दा वढी भ्रष्ट भएको भन्दै वानी सुधार्न आग्रह गरे । वडा सदस्य एवंम जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनकला लङ्गवाले हिलेको लाक्पा तामाङले उठाएको विषयमा स्पष्ट पारि दिन आग्रह गरे । धनकुटा नगरपालिका योजना अनुगमन तथा प्रशासन शाखा प्रमुख सीताराम गौतमले स्थानिय तहमा मात्र उजुरीको चाङ्ग किन वढी भन्दै उल्टै अख्तियारलाई प्रश्न गरे । गैसस महासंघ धनकुटाका अध्यक्ष मीन सुवेदीले ष्टचार नियन्त्रण गर्न अख्त्यिारको कार्यालय जिल्ला जिल्लामा अनिवार्य राख्नु पर्ने माग राखे ।
अख्तियार दुरुपयोग अनुशनधान आयोग इटहरीका उप–सचिव दिनेश राईले कार्यक्रममा सहभागीहरुको जिज्ञासा मेटाउँदै भ्रष्टचार मानव समाजमा निरन्तर चलिरहने प्रक्रिया भएको वताए । उनले अख्तियारले अनुगमन गरेर अनुशन्धान मात्र गरेर नहुने भन्दै पालिका स्तरिय, जिल्ला स्तरिय र समुदायमा आधारित भएर प्रवद्धन गर्ने उदेश्यले सचेतना कार्यक्रम संचालन गरिरहेको स्पष्ट पारे । उप–सचिव राईले भने–‘एनजिओ, नीतिगत भ्रष्टचार र निजि विषयमा अख्तियारले आफै अनुगमन गर्न नमिल्ने भएकाले सूझाव मात्र दिने गर्दछ ।’
- Dhnakutapress