Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

विद्युतीय चुलो अभियानलाई सघाउ पु¥याउन स्वच्छ भान्छा सम्बन्धि अभिमुखीकरण

  •   ३ वर्ष अघि | २० पुस २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/सन् २०३० सम्ममा सबैका लागि स्वच्छ भान्छा बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि घर–घरमा विद्युतीय चुलो अभियानलाई धनकुटामा तिव्रता दिइएको छ । 

सो अभियानलाई सघाउ पु¥याउने लक्ष्यका साथ सनिबारबाट जिल्लाको छथर जोरपाटी गाउँपालिकामा स्वच्छ भान्छा सम्बन्धि २ दिने अभिमुखीकरण गोष्ठी शूरु भएको छ । अजम्बरी विकास फाउण्डेशन ललितपुरको आयोजना तथा अमेरिकी विकास नियोग युएसएड ९ग्क्ब्क्ष्म्० को सहयोगमा गोष्ठी भएको हो । दूई दिने गोष्ठीमा छथरजोरपाटी गाउँपालिकाको ६ वटै वडाका स्वास्थ्य स्वयम सेविका, हरेक वडाको स्थानिय तीन–तीन जना र धनकुटा नगरपालिकाका एक जनाले सहभागिता जनाएका छन् । 

गोष्ठीलाई सम्बोधन गर्दै छथरजोपाटी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपक गुरुङले समय अनुसार चल्न आवश्यक रहेको उल्लेख गर्दै विद्युतीय चुलो प्रयोगमा जोड दिए । विद्युतीय चुलो उपयोगवारे आम नागरिकको जानकारी लागि गाउँपालिकामा कुरा राख्ने र वडाको तर्फबाट पनि आवश्यक पहल गर्ने उनले प्रतिवद्धता जनाए । उनले अहिले देश विद्युतमा आत्मा निर्भर भईसकेको भन्दै विद्युत उपयोगलाई प्रथामिकताामा राखी राज्यको आर्थिक भार न्यूनिकरणमा सघाउ पु¥याउनु पर्ने बताए । 

अजम्बरी विकास फाउण्डेशनका कार्यक्रम अधिकृत कृष्ण दुवालले सहभागिहरुलाई प्रशिक्षण दिदै परम्परागत चुलोको प्रयोगबाट निस्कने धुँवाले स्वास्थ्यमा पुग्ने असरको कारण नेपालमा प्रत्येक वर्ष करिब २२ हजार ८ सय ४१ जनाले अकालमा ज्यान गुमाई रहेको बताए । त्यसैले गर्दा स्वस्थ जीवनका लागि पनि विद्युतीय चुलोको उपयोग गर्न आवश्यक रहेको  उनको भनाई छ । विद्युतीय चुलो प्रयोगले भान्छा सफा हुने, धुँवा रहित, समयको वचत, मानव स्वस्थका लागि फाईदा जनक, बनजंगल विनास हुनबाट जोगिने, बाढी पहिरो नियन्त्रणमा सघाउ पुग्ने जस्ता धेरै फाईदा हुने उनले वताए ।

हाल नेपालबाट एल पि जी ग्यासको आयातमा प्रत्येक वर्ष करिब ४० अर्ब रकम देश वाहिर गईरहेको तथ्याङ्गक प्रस्तुत गर्दै अधिकृत दुलाले भने–‘यसलाई रोक्न पनि देशमै उत्पादित विद्युतको उपयोगलाई जोड दिन आवश्यक छ ।’ कार्यक्रममा आयोजक संस्थाकी व्यवस्थापक वविता अधिकारीले कोशी प्रदेश अन्र्तगत धनकुटा जिल्लाको धनकुटा नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा यो कार्यक्रम सञ्चालन भईरहेको जानकारी दिए । उनले कार्यक्रमले नीति निर्माणमा समेत सहयोग पुग्ने बताए । उनले परम्परागत श्रोत (चुलो) मा खाना बनाउँदा मानव स्वास्थ्यमा पर्ने असर, विद्युतीय चुलोको प्रयोगले हुने फाईदा लगायतको वारेमा जानकारी गराएकी थिईन । 

विद्युतीय चुलो प्रयोगले भान्छा सफा र आधुनिक देखिने, खाना बनाउन सजिलो हुने, छिटो हुने, धुँवाजन्य रोगबाट बच्न सकिने, अन्य ईन्धन भन्दा किफायती, आगोजन्य दूर्घटनाको जोखिमबाट बच्न सकिने र स्वदेशी विजुलीको उपयोग बढ्ने वताईएको छ । गोगठीमा सहभागी छथरजोरपाटी गाउँपालिका वडा नं ३ करुञ्जेकी राजकुमारी लिम्बुले कार्यक्रम निक्कै उपयोगी रहेको बताईन । विद्युतीय चुलो प्रयोग स्वस्थ वद्र्धक हुने, भान्छा सफा हुने कुरा बुझेको भन्दै आवश्यक विद्युत खपत, चुलोमा लाग्ने खर्च सहित सबै कुरा बुझेर चुलो उपयोग गर्ने बताए ।

 त्यस्तै छथरजोरपाटी गाउँपालिका वडा नं ३ सिवुवाका चन्दा भट्टराई र सन्द्या भुजेलले पनि कार्यक्रम आफुहरुलाई उपयोगी लागेको बताए । संस्थाले यस अघि देखि नै विद्युतीय चुलो प्रयोग सम्बन्धि कार्यक्रम धनकुटा नगरपालिकामा सञ्चालन गरिरहेको छ । गोष्ठीको सहजीकरण जिल्ला सिनियर फिल्ड मोभिलाईजर दूर्गा खड्का, पालिका सिनियर फिल्ड मोभिलाईजर सहित विभिन्न सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुको समेत उपस्थिती थियो ।

  • Dhankutapress

थप