धनकुटा सम्वाददाता
धनकुटा/धनकुटाको जिरोपोइन्ट नजिकै मंगलवार विहान ९.३० वजे मोटर साईकल दुर्घटनामा परि स्थानिय ७७ वर्षिय सतन राई गम्भिर घाईते भएका छन् ।
उनलाई धनकुटाको जिरोपोइन्टबाट पात्लेखोला तर्फ जाँदै गरेको को. १३ प.४७१९ नम्वरको यामाहाको वाईवेक्स मोटरसाईकलले ठक्कर दिदा धनपा–६ फोक्ल्याण्ड टापु टोलमा घर भएका वृद्ध राई गम्भिर घाईते भएका हुन् । उनको टाउको दाहिने भागमा गम्भिर चोट लागेको छ । देव्रेहात, छाति, ढाडमा समश्या देखिए पछि थप उपचारको लागि जिल्ला अस्पताल धनकुटाले विराटनर्सिङ्ग होम विराटनगर रेफर गरेको छ ।
मोटर साईकल चालक र मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आफ्नै घर अगाडी वाटो क्रस गरिरहेका ७७ वर्षिय वृद्धलाई तिव्र गतिमा आएको मोटर साईकलले सडकको विच मागमा ठक्कर दिएर करिव १० मिटर टाढासम्म सोरेर लगेको थियो । घाईते राईका छोरा मनोज राईले वुवाको थप उपचारको लागि जिल्ला अस्पतालले रेफर गरेकाले विराट नर्सिङ्गहोम लगिएको धनकुटा प्रेसलाई बताएका छन् । उनले आफ्नो वृद्ध वुवा गम्भिर दुर्घटनामा परेको बताएका छन् ।
- Dhankutapress