धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता
धनकुटा/धनकुटाबाट प्रहरीले पहिचानवादी आन्दोलनका १९ जना अभियान्ताहरुलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा पर्नेमा कोशी नाम खारेज गरी पुनः नामंकन गर्न गठित संघर्ष समिति संखुवासभाका संयोजक वीरेन्द्र खारा राईसहित पहिचानवादी नेता कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १९ जनामध्ये १९ जना लेगुवाघाट र वाँकी ९ जना छथरजोरपाटी गाउँपालिका वडा नं.६ सिधुवा बजारबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा किरात राई यायोखाका धनकुटा अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला लिम्वु, किराँत राई यायोखा संखुवासभाका सचिव उमा कुमारी चाम्लिङ, पाख्रीवास नगरपालिकाका यायोखा नगर अध्यक्ष जितेन्द्र माम्पाङ, संख्ुवासभाका करबीर कुलुङ, जुद्ध राई, शोकुल कुलुङ राई, पनित कुलुङ रहेका छन् ।
उनीहरू सबैलाई धनकुटा र भोजपुरको सीमवर्ती क्षेत्र लेगुवा स्थित् राम बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । महर्जनले भने शान्ति सुरक्षाको दृष्टिले हामीले नियन्त्रणमा लिएका हौं ।
नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीलाई दुव्र्यवहार भएको भनेर राष्ट्रिय मिडियाहरुले पित पत्रकारिता गरेको आरोप लगाएका छन् । उनले स्वागत गर्न लाईनमा वस्दा अचानक हुत्तिएर केपी ‘बा’ को छेउमा पुगेको मात्र हुन् । उनी नेकपा एमालेको साधरण कार्यकर्ता (भोटर) हुन् । उनले एमालेलाई स्थायिन, संघ र प्रदेश तिनै तहको चुनाबमा मत दिने (भोटर) मतदाता भएको बताए । राई हुने वित्तिकै पहिचानवादी भनि हाल्नु नमिल्ने भन्दै अध्यक्ष पराजुलीले आफ्नो बचाउ गरे ।
एमाले अध्यक्ष ओली माथि दुव्र्यवहार गर्ने महालक्ष्मी न.पा. वडा नं.५ घर भएका महेश कुमार राई । उनको शरिरको विभिन्न भागमा र दायाँ निधारमा गम्भिर चोट लागेको छ । जिल्ला अस्पताल धनकुटामा उपचार गराउन आएका राईले भने–‘आफू लाईनमा केपी ‘बा’ लाई फूलमाला लगाउन वसेको तर, के भयो भयो अचानक मेरो हात उहाँ माथि जाई लागेछ ।’
नेकपा एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले आगामी पौष–१ गतेसम्म यातायात बन्द आह्वान गरेका छन् ।
बिहीबार (आज) धनकुटाको लेगुवा, पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको बसन्तपुरमा आयोजना हुने सभालाई सम्वोधन गर्न जाने क्रममा अध्यक्ष ओलीलाई सिधुवा बजारबाट कालो झण्डा देखाउन बसेको भन्दै ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाको सिधुवाबाट पक्राउ परेकाहरुमा तेह्रथुम जिल्लाका पहिचानवादीहरु सूर्य मादेन, शंकर खेवा, नगेन साँवा, उदयदिप सम्वाहाम्फे, वोद्धराज लिम्वु, फौद्ध तुम्खेवा, दिपक लिम्वु, रुपेश लिम्वू, योगेन्द्र साँवा लिम्वू रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।
संकल्प यात्रालाई प्रभावित पार्न सक्ने भन्दै ती क्षेत्रहरुमा सुरक्षा सतर्कता मजबुत बनाउनको लागि सयौंको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको स्थानिय प्रशासन स्रोतको भनाइ छ । पहिचानवादी नेताहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई जवर्जस्त ढंगले पञ्चायती निरंकुश शैलीमा दबाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
पक्राउ परेका नेता कार्यकर्ता बिनासर्त रिहाइ नभए आन्दोलन अझ कडा हुने प्रदेश नं. १ पुनः नामाङ संयुक्त संघर्ष समिति अध्यक्ष नेता डकेन्द्र सिं थेगिमले बताए । उनले शान्पिूर्ण आन्दोलनमा निष्किएका नेता कार्यकर्ताहरुलाई जताभावी पक्राउ गर्ने , हिरासतमा लिने यातना दिने काम गरे मंसिर ३० र पौष १ गते प्रदेश नं.१ लाई नै ठप्प पार्ने गरी यातयात बन्द गर्ने चेतावनी दिएका छन् /

- Dhankutapress