Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

१ नम्वर प्रदेशका हिमाली जिल्लामा जलवायू उत्थानशिल परियोजना संचालन हुने

  •   ५ वर्ष अघि | १८ फाल्गुन २०७८, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/ प्रदेश नं.१ को ३ हिमाली जिल्लाहरुमा जर्मन सरकारको सहयोगमा जलवायू उत्थानशिल सामुदायिक बन परियोजना संचालन हुने भएको छ । 

आई.के.आई. जर्मन सरकारको आर्थिक सहयोगमा संचालन हुने २ वर्षे परियोजनाको प्रारम्भिक चरणको अन्तरक्रिया कार्यक्रम सरोकावालाहरु विच मंगलवार तेह्रथुमको वसन्तपुर वजारमा सम्पन्न भएको छ । 

सामुदायिक बन उपभोक्ता महासंघ १ नम्वर प्रदेश समितिको आयोजनामा सम्पन्न प्रारम्भिक अन्तरक्रिया कार्यक्रममा इसिमोडका डा.भास्कर सिंह कार्कीले परियोजनाको बारेमा विस्तृत् जानकारी गराएका थिए । त्यसैगरी जलवायू उत्थानशिल निर्माण वा पद्धतीका वारेमा इसिमोडका नविन भट्टराईले सहजीकरण गरेका थिए । जलवायू उत्थानशिल बन वातवरण प्रणाली सम्वन्धि इसिमोडकै  डा.विश्वास चितले सहजीकरण गरेका थिए । फेकोफोन प्रदेश नं.१ का अध्यक्ष तुलसी संग्रौलाले संस्थाका वारेमा जानकारी दिएका थिए ।

सो अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा परियोजना संचालन हुने तिन वटै जिल्लाका पालिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारी एवं सदस्यहरु, इसिमोडका प्रतिनिधि, १ नम्बर प्रदेश वन तथा वातवरण मन्त्रालयका प्रतिनिधि, डिभिजन बन अधिकृत लगायतका गरी ५० जनाको सहभागीता रहेको थियो । परियोजनाको मुख्य उदेश्य भनेको ३ वटै हिमाली जिल्ला भित्रका ५० वटा सामुदायिक वनको जलवायू उत्थानशिल कार्यक्रम तयार गर्ने रहेको छ । त्यसैगरी जैविक विविधताको संरक्षणका लागी जैविक मार्ग निर्माण गर्ने र जिविकोपार्जनमा सघाउ पु¥याउने रहेको छ । 

परियोजनाको कूल लागत १ करोड, १२ लाख, रुपयाँ रहेको छ, भने परियोजना कार्यान्वयन गर्ने अवधी फ्रव्रुअरी २०२२ देखी जनवरी २०२४ सम्म रहेको छ ।  

  • धनकुटा प्रेस

थप