Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको जिरो पाईन्ट आगलागी ३ लाखको क्षति

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.७ जिरोपोइन्ट नजिकै मंगलवार दिउँसो आगलागी भएको छ । स्थानिय बालकृष्ण श्रेष्ठको टिनको छानो र वाँसको टाटले बारेको गाई गोठमा आगलागी भएको हो । विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । आगलागी के कारणले भयो भन्ने यक्किन हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी के कसरी भयो भनेर अनशन्धान भैरहेको प्रहरीले जनाएको छ । 

धनकुटा नगरपालिकाको २ वटा दमकल, प्रहरी र स्थानियवासीको सक्रियतामा आगो पूर्ण रुपमा नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ओमप्रकास निरौलाले जानकारी दिएका छन् । आगलागीबाट गाई गोठ, भान्सा घर, लत्ताकपडा, भाँडा वर्तन, फर्निचर जलेर पूर्ण रुपमा नष्ट भएको प्रवक्ता खनालले बताएका छन् ।

आगलागीबाट ३ लाख बराबरको क्षति भएको हुन सक्ने प्रहरीले बताएको छ । आगलागीबाट कुनै पनि मानविय वा चौपाय क्षति नभएको र आगलागी के कारण भयो भन्ने विषयमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

  • dhankutapress

थप