Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

राष्ट्रिय यूवा संघका केन्द्रिय अध्यक्ष थेबेलाई धनकुटाको चौविसेमा आक्रमण

  •   ३ वर्ष अघि | ८ भदौ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/राष्ट्रिय यूवा संघ नेपाल धनकुटाको २ दिने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न धनकुटाको राजारानीमा जाने क्रममा शुक्रवार दिउँसो पहिचानवादीहरुले संघका केन्द्रिय अध्यक्ष क्षितिज थेबेलाई  विच बाटैमा अबरोध गरेका छन् । 

प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न आएका एमाले नेता महेश वस्नेत र संघका केन्द्रिय अध्यक्ष क्षितिज थेबेलाई चौविसे क्षेत्रका पहिचानवादी दलहरुको संयुक्त रुपमा गठित संघर्ष समितिको अगुवाईमा पहिचान विरोधी भन्दै अबरोध गरेका हुन् ।  

२ दिनसम्म संचालन हुने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रलाई सम्वोधन गर्न दिउँसो करिव १२ वजे एमाले नेता महेश वस्नेत सहित संघका अध्यक्ष थेवे चौविसेको राजारानी पुगेका थिए । चौविसे गाउँपालिकाको वडा नं.६ स्थित् पायालाम चोकमा चौविसे क्षेत्रको पहिचानवादीहरुले उनीहरुलाई कालो झण्डा देखाउनुको साथै नारावाजी गर्दै कार्यक्रम स्थलमा जान अवरोध सृजना गरेका थिए । 

पहिचानवादीहरु पायालाम चोकमा विहान १० वजे देखि करिव  सयौंको संख्यामा भेला भएर नारावाजी गर्दै वसेका थिए । उनीहरुले एमाले नेता वस्नेत र थेवे आएको २ वटा गाडीमा ढुङ्गामुडा समेत गरेका थिए । पहिचानवादीहरु विहानै देखी भारी वर्षाको समेत प्रवाह नगरी सडक अवरोध गरेर वसेका थिए । घट्ना हुन नदिन स्थानिय प्रशासनले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाइ उल्लेख्य मात्रामा परिचालन गरेको थियो । 

पहिचानवादी दल संयुक्त संघर्ष समिति चौविसेका संयोजक दिवा चेम्जोङले भने–‘लिम्वुवानी भूमिमा पहिचान विरोधीहरुलाई प्रवेश निषेध गर्न वाध्य भएर आफूहरुले अवरोधका कार्यक्रम आयोजना गरिएको वताए । चेम्जोङ्गले भने–‘जवर्जस्ती ढंगले कार्यक्रममा नआउन थेवेलाई चेतावनी दिदा पनि थेबे नै अघि सरेर आएकाले पहिचानवादी दल संयुक्त संघर्ष समिति चौविस धनकुटाले निर्णय गरेरै अबरोध गर्ने तयारीमा जुटेका हौं ।’ 

राजारानी प्रहरी चौकीका इन्चार्ज शारादा प्रसाद शाहाले एमालेका नेता महेश वस्नेत र संघका अध्यक्ष थेवे आउने क्रममा अबरोध भएको वताए । उनले २ वटा गाडीमा सामान्य क्षति भए पनि कुनै पनि किसिमको अप्रिय घट्ना नभएको बताए । उनले करिव १ घण्टासम्म अबरोध भएको बताए । पहिचानवादीहरु विहानै देखी भारी वर्षाको समेत प्रवाह नगरी सडक अवरोध गरेर वसेका थिए । 

अबरोधको बाबजुद संघको प्रशिक्षण कार्यक्रम धनकुटाको राजारानीमा जारी :

नेकपा एमाले निकट रााष्ट्रिय यूवा संघ नेपाल धनकुटाको २ दिने जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सुचारु रहेको नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले वताए । उनले भने–‘एमालेका नेता वस्नेत र संघका अध्यक्ष थेबे आउँदा बाटोमा समान्य अवरोध भयो, यस्लाई हामीले सामान्य रुपमा लिएका छौं र सम्यम्ता समेत अपनाएका छौं ।’ 

जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरेर दुवै नेता शुक्रवार नै विराटनगर फर्किसकेको अध्यक्ष पराजुलीले वताए । कार्यक्रममा जिल्ला भरीका १ सय भन्दा वढी युवाहरु प्रशिक्षण कार्यक्रममा सहभागी भैरहेको अध्यक्ष पराजुलीले वताएका छन् । 

  • Mr. Admin

थप