धनकुटा प्रेस सम्वाददाता
धनकुटा/नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुको दोश्रो राष्ट्रिय पर्व दिपवलीको अवसरमा शुभकामना आदन प्रदान तथा जलपान कार्यक्रम आईतवार आयोजना गरेको छ ।
शुभकामना आदन प्रदान कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानवहादुर गुरुङ, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा, विभिन्न राजनितिक दलको प्रमुख एवंम प्रतिनिधिहरु,सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा नियकायमा प्रमुख एवं प्रतिनिधिहरु,सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, संचार संस्थाका प्रमुख एवं प्रतिनिधिहरु,स्थानिय संचारकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई शाखा अध्यक्ष नगेन्द्र राईले स्वागत मन्तव्य राख्दै धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा हाउजी विङ्गो समेत आयोजना गरिएको थियो । हाउजी विङ्गोमा पत्रकार महासंघ धनकुटाका कार्य समिति सदस्य विशाल लम्जेल र गायक गौरव नारयण राईले हाउस फूल पुरस्कार पारेका थिए । त्यसैगरि सेकेण्ड लाईन र कुइक फाईभ सिद्धराज राई, फसलाईन टिका प्रसाद घिमिरे, फोर्थ कर्नर गौरव नारयण राई र चित्रकार डिल्लीकृष्ण आलेले थर्ड लाईन पुरस्कार हात पारेका थिए । अन्लक्की पुरस्कार भने कसैलाई परेन । हाउजी विङ्गोको संचालन शाखा उपाध्यक्ष विदुर खवास,पुर्व अध्यक्ष खगेन्द्र घिमिरे र शाखा सचिव हरि वहादुर लम्जेलले गरेका थिए ।
- Dhankutapress