धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाको सात पालिकाहरु मध्ये साँगुरीगढी गाउँपालिमा बेरुजु कम देखिएको छ । साँगुरीगढी गाउँपालिका आर्थिक पारदर्शीताका हिसाबले धनकुटाका अन्य पालिका भन्दा अगाडि देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार साँगुरीगढीको आर्थिक वर्ष २०८०/०८१ को महालेखाको प्रतिवेदन अनुसार ८० करोड ८८ लाख ४५ हजारको लेखापरिक्षण गर्दा ३७ लाख, ५३ हजार अर्थात कुल लेखा परिक्षण भएको रकमको ०.४० प्रतिशत मात्र प्रतिवेदनमा बेरुजु देखिएको छ ।
त्यस्तैगरी धनकुटाका सात स्थानियतह मध्ये सबै भन्दा बढी बेरुजु छथर जोरपाटी गाउँपालिकाको देखिएको छ । छथर जोरपाटीको लेखा परिक्षण गरिएको ९५ करोड ७४ लाख, आठ हजार लेखा परिक्षण हुँदा २ करोड ८९ लाख ४८ हजार बेरुजु देखिएको छ । जुन कुल लेखापरिक्षण गरिएको रकमको ३.०२ प्रतिशत हो । त्यस्तै सहिदभूमी गाउँपालिकाको १ अर्ब ४ करोड २९ लाख २० हजारको लेखापरिक्षण गरिएकोमा एक करोड ६१ लाख रुपैयाँ अर्थात १.५४ प्रतिशत रकम बेजुरु देखिएको हो । धनकुटा नगरपालिकाको १ अर्व, ३३ करोड, २८ लाख, ७९ हजार लेखापरिक्षण गदाँ १ करोड ४७ लाख ५१ हजार रुपैयाँ बेरुजु देखि छ । जुन लेखा परिक्षण गरिएको रकमको १.११ प्रतिशत हो ।
त्यस्तै चौबिसे गाउँपालिकाको ८६ करोढड, १० लाख, ३६ हजार लेखा परिक्षण हुँदा ५८ लाख, ५५ हजार अर्थात कुल रकमको ०.६८ प्रतिशत रमक बेरुजु देखिएको छ । पाख्रिवास नगरपालिकाको १ अर्ब, १५ करोड, ७९ लाख, १५ हजार, लेखा परिक्षण गर्दा २ करोड ८६ लाख १७ हजार रुपैयाँ बेरुजु रहेको छ । महालक्ष्मी नगरपालिकाको १ अर्व ३४ करोड, १८ लाख, ६७ हजार लेखा परिक्षण हुँदा २ करोड २ लाख ८२ हजार रुपैयाँ बेरुजु अर्थात १.५१ प्रतिसत वेरुजु देखिएको महालेखाको प्रतिवेदनमा देखिएको छ ।
- dhankutapress