Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटा नगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो

  •   २ वर्ष अघि | ५ चैत्र २०८१, बुधबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा/धनकुटा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगर क्षेत्रका १६ देखि २३ महिनाका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।धनकुटा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका खोप समन्वय समितिका अध्यक्षसमेत रहेका मेयर चिन्तन तामाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरे । उनले आगामी वर्ष पनि पूर्ण खोप सुनिश्चित गर्ने कामलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा  हस्ताक्षर पनि गरेका छन् । कार्यक्रममा बोल्दै मेयर तामाङले पूर्ण खोप सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिदैँ आगामी वर्षहरूमा पनि सबै बालबालिकाहरूलाई समयमै खोप लगाउने वातावरण निर्माण गर्न आग्रह गरे । सो अवसरमा धनकुटा ४ का वडाध्यक्ष जम्सेर राई, प्रमुख प्रशासकीय अधिकृत दशरथ राई लगायतले बालबालिकाहरूलाई समयमै खोप लगाउने बानीको विकास गर्न अभिभावकहरूलाई आग्रह गरेका छन् ।सरकारले जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरूलाई क्षयरोग, दादुरा, धनुष्टंकार, लहरेखोकी लगायत १३ प्रकारका रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसवर्ष धनकुटा नगर क्षेत्रका १६ देखि २३ महिनाभित्रका ३ सय ५६ जना बालबालिकाहरूलाई यी खोप लगाइसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिए । धनकुटा नगरपालिकालाई पहिलो पटक २०७१ सालमा पूर्ण खोप पालिका घोषणा गरिएको थियो । त्यसयता, हरेक वर्ष लक्षित उमेर समूहका बालबालिकाहरूलाई खोप लगाइसकेको सुनिश्चित गरेर पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिदै आएको छ ।  

  • dhankutapress

थप