Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बिहिबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटाको सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोपः सुरक्षित  भविष्य,  पूर्ण खोप सुनिश्चितता दिगोपन प्रतिवद्वता’ भन्ने नाराका साथ घोषणा गरेको हो । खोप समन्वय समिति तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले व्यानर अनावरण गर्नु हुदै प्रतिवद्वता हस्ताक्षर गरेर घोषणा गरे। गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता बनाउनका लागि काम गर्ने जनप्रतिनिधि, कर्मचारी,स्वास्थ्यकर्मी स्वयमसेविका सबैलाई धन्यवाद दिए ।आगामी दिनमा पुर्ण खोपयुक्त पालिका बनाउन निरन्तर काम गर्न आग्रह गर्दै सुनिश्चितता पछि दिगोपना ल्याउने गरि काम गर्नुपर्ने बताए । जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख विदुर गुरागाईले सरकारले प्रदान गरिने सम्पूर्ण खोप बालिकाले पाउन बञ्चित गराउन नहुने बताए। साथै उनले सबै मापदण्ड पुर्‍याएर पालिकालाई पुर्ण खोप पालिका घोषणा गरेको बताए । 

त्यस्तैगरि सहिदभूमि गाउँपालिकाको सामाजिक विकास संयोजक तथा वडा अध्यक्ष हेमकुमार राईले पालिकालाई निरोगि र स्वास्थ बनाउन लागि पर्ने बताए। पालिकाभर ०–५९ महिनाको ७२५ जना बालबालिकाले खोप पाएको छ ।  हाल ०–१५ महिना २६५ जना बालबालिका रहेको  छ । खोप समन्वय समिति सदस्य तथा स्वास्थ शाखा प्रमुख फकिर महोमतले प्रत्येक वडामा बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता घोषणा गरिएको जानकारी दिए ।उनले खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई घोषणा गरिएको बताए । पालिकाले घोषणा गर्नु अघि घरधुरी सर्वेक्षण, पूर्ण खोप सुनिश्चितताको लागि प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मी पुगेको स्वास्थ्य शाखा प्रमुखले जानकारी दिए। सोहि अवसरमा पुर्णखोप अभियानमा उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मी पारस राईलाई दोसल्ला प्रसंसा पत्र र अबिरले सम्मान गरेका थिए । यस्तै १० जना  स्वास्थ्यचौकि इन्चार्ज  र  खोपकर्ता ८ जनालाई प्रसंसापत्र  र व्याग प्रदान गरिएको छ । घोषणा कार्यक्रममा वडा अध्यक्ष खगेन्द्र राई , कार्यपालिका सदस्य केन्द्र बहादुर राई, वडा अध्यक्ष भिम बहादुर राई , दिवानी राई लगायत  स्वास्थ्यकर्मी ,स्वयमसेविका, कर्मचारीहरुको उपस्थिति थियो।

  • dhankutapress

थप