Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

छथर जोरपाटीबाट हत्या आरोपमा पाँच जना पक्राउ

  •   २ वर्ष अघि | ३० फाल्गुन २०८१, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.–२, फलैँचाबाट प्रहरीले ज्यान हत्या गरेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई स्थानिय वर्ष ३८ का खेमवहादुर दर्लामी मगरको हत्याको आरोपमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएकोे हो ।

स्थानीय ३८वर्षीय खेमबहादुर दर्लामी मगरको वेवारिसे अवस्थामा विहिबार विहान शव फेला परेको थियो। मृतकको शरिरका विभिन्न भागमा चोट देखिएको र घटनास्थलको प्रकृतिका आधारमा हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका गरेको छ। अनुसन्धानको लागि मृतकको श्रीमती सहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मृतककी कान्छि श्रीमती वर्ष ४४ की जीतमाया लिम्बू र १६ वर्षीय एक नाबालक छोरा सहित पाँच जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

यस्तै वर्ष १९ का ईन्द्रबहादुर तामाङ, वर्ष ३२ का चेतुलाल मगर र ३१ वर्षीय दाछिरी शेर्पासमेतलाई नियन्त्रणमा लिएको खनालले बताए। शवको प्रकृति हेर्दा शरीरमा चोटपटक लागेको र घाँटीमा डाम समेत रहेकोले शंकास्पद पाइएको छ, उनले भने, कर्तव्य गरि हत्या गरेको हुन सक्ने भएकोले पाँच जनालाई नियन्त्रणमा लिईएको हो। उनीहरूलाई  जोरपाटी र धनकुटा बजारबाट नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाईएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा मृतक खेम बहादुरले पत्नी जितमायालाई दिनहुँजसो कुटपीट र घरेलु हिंसा गर्ने गरेकोले प्रतिशोधमा हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। गत वुधवार अपरान्ह समेत कुटपीट गरेपछि कान्छी श्रीमती सहितले बाँसको लट्ठीले पेट, ढाड लगायत विभिन्न स्थानमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।

अचेत अवस्थामा घरबाट करिव २ सय मिटर पर घिसार्दै लगेर बाटोमाथि चौतारोनजिक छोडी फरार भएको सुचनाका आधारमा सम्लग्न व्यक्तिहरुाई अनुसन्धानको लागि  नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । घटनास्थलबाट लट्ठी लगायत सामग्री बरामत भएको जनाईएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले उल्लेख गरेको छ। घट्ना पछि मगरको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । शवको शुक्रवार पोष्टमार्टम गरीएको छ ।

  • dhankutapress

थप