Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

धनकुटाको महालक्ष्मी नगरभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक

  •   २ वर्ष अघि | ९ बैशाख २०८२, मङ्लबार

धनकुटा प्रेस सम्वाददाता 

जितपुर/धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले पालिका भित्र नीजि बिद्यालयका सवारी साधन संचालनमा सोमवार देखी रोक लगाएको छ ।

महालक्ष्मी नगरपालिकाले सोमवार सार्बजनिक सुचना जारी गर्दै पालिका भित्रका सबै वडामा निजी विद्यालय बन्द गरिसकेको अवस्थामा अन्य पालिकामा रहेका निजी विद्यालयका स्कुल बसहरू प्रवेशमा रोक लगाएको हो । जारी सूचना भनिएको छ–‘यस पालिका भित्र प्रवेश गरी बालबालिकाहरू निजी विद्यालय लाने गरेको जनगुनासो स्थायिन स्तरबाट आएकाले रोक लगाइएको हो ।’सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नगरपािलका क्षेत्र भित्र कुनै पनि निजी विद्यालयका अन्य पािलकाका स्कुल बस अर्थात् विद्यालयका सवारी साधनहरू प्रवेशको पूर्ण रुपमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।

महालक्ष्मी नपाका प्रमुख ध्रुर्वराज रायाले सोमबार सूचना जारी गरेर अन्य पालिकामा रहेका निजी विद्यालयको बस तथा अन्य सवारी साधन गुडाउन नपाउने जानकारी गराएका हुन् । नगरपालिकाको यो कदमले छिमेकी पालिकाका निजि वोर्डिङ्ग संचालकहरु र महालक्ष्मी नगरपालिकाका वो आफ्ना वालवालिकाहरु पालिकाका वाहिरका वोर्डिङ्ग पढाउने अभिभावकहरुलाई केही न केही प्रभाव पर्ने देखिन्छ । 

  • dhankutapress

थप