Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

६७ लाखमा बनेको विद्यालाय भवन खानेपानी मन्त्रीद्धारा उद्धघाटन

  •   ३ वर्ष अघि | १५ चैत्र २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा /सहिदभूमि गाउँपालिकामा पर्ने साविकको खोकु गाविस–३ मा ६७ लाखको लागतमा नवनिर्मित कन्यादेवी माध्यामिक विद्यालयको नयाँ भवनको संघीय सरकारका नवनियुक्त खानेपानी मन्त्री राजेन्द्र कुमार राईले एक समारोहको विच विहिवार समुद्धघाटन गरेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको सहयोगमा निर्माण कार्य सम्पन्न भएको ६ कोठे तिनतले पक्कि भवनको संघीय सरकार खानेपानी मन्त्री राईले समुद्धघाटन गरेका हुन् । विद्यालय भवन निर्माणको लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट पहिलो पटक ३६ लाख, दोश्रो पटक १८ लाख, प्रदेश सरकारबाट ८ लाख र सहिदभूमि गाउँपालिकाकावाट ५ लाख गरी ६७ लाखको लागतमा तिन तले ६ कोठे पक्कि निर्माण कार्य सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्र राईले बताए ।

कन्यादेवी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईको अध्यक्षतामा सम्पन्न विद्यालाय भवन समुद्धघाटन समारोहमा प्रदेश माननियद्धय इन्द्रमणी पराजुली, निरन राई, राससका महाप्रवन्धक सिद्धराज राई, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, पालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई लगायतको उपस्थिति रहेको थियो ।  

यसैविच नेकपा एमाले सहिदभूमि गाउँकमिटिले नेपाल सरकारका खानेपानी मन्त्रीमा पार्टी पार्टी नेता राजेन्द्र कुमार राई नियुक्त भएको भन्दै वधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । पञ्चकन्या वजार स्थित् सहिदपार्कमा आयोजना गरिएको वधाई ज्ञापन एवं सम्मान कार्यक्रममा नेकपा एमाले गाउँपार्टी कमिटि मातहतका पार्टी नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।  


  • Dhankutapress

थप