Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

साँस्कृतिक पहिचान सम्वन्धी सचेतना कार्यक्रम धनकुटामा सम्पन्न

आदिवासी जनजातिहरुको हकअधिकार प्राप्तिको लागि योगदान पुर्याउने अग्रजहरुलाई सम्मान

  •   २ वर्ष अघि | २४ चैत्र २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाको आयोजनामा धनकुटा नगरमा रहेका १२ एकल जातिय संस्थाहरुको सांँस्कृतिक पहिचान सम्बन्धी एक दिने सचेतना एवं अन्त्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न एक दिने सचेतना सचेतना एवं आदिवासी जनजातिहरुको हकअधिकार प्राप्तिको लागि योगदान पु¥याउने अग्रजहरुलाई सम्मान गरिएको हो । सचेतना कार्यक्रमको सहजीकरण आदिवासी जनजाति अभियान्ता एवं अग्रज पत्रकार गोपाल देवानले गरेका थिए । सो अवसरमा उनले आदिवासी जनजातिहरुको भूमि अधिकार, भाषिक, साँस्कृतिक अधिकार एवं आइएलओ १६९ ले प्रत्याभूत गरेको अधिकारहरु र नेपालको संविधान–०७२ मा उल्लेख भएका साँस्कृतिक अधिकारको बारेमा सहभागी माँझ उनले सहजिकरण गरेका थिए । धनकुटा नगरपालिकाको सहयोगमा सम्पन्न सचेतना कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले भने–‘अआदिवासी जनजातिहरुको हकहित र अधिकारका कुराहरुमा पहिचानको लागि धर्म संस्कृति संरक्षण देखी लिएर धेरै कुरामा हामीले वहस छलफल गरी सकेको छ ।’ सो अवसरमा उनले भने डार्विनको सिद्धान्त अनुसार मानिसहरुको उद्गम थलो आदिम कालमा एउटै भएको वताए । उनले नगरका आदिवासी जनजातिहरुलाई साँस्कृतिक चेतनाको स्तर उकास्नको लागि हरेक वर्ष धनकुटा नगरपालिकाले केही न केही कार्यक्रमहरु गर्दै आएको बताए । उनले यो क्रम निरन्तर चलिरहने र नगरपालिकाको सहयोग पनि निरन्तर हुने बताए । सो अवसरमा धनकुटा वहुमुखी क्याम्पसका सह–प्राध्यापक इच्छापूर्ण राई, सम्मानति व्यक्तित्व एवं नेफिन धनकुटाका सस्थापक संयोजक दुर्गा लिङ्गखा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष नविनकिशोर शाक्य, पूर्व अध्यक्षद्धय पार्वती राई, संजय सन्तोषी राई, पुर्व उपाध्यक्ष जेपी भूजेल लगायतले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए । सचेतना कार्यक्रममा धनकुटा नगरमा रहेका तामाङ, राई, लिम्वू, मगर, शेर्पा, खड्गी, नेवार, माझी, याखा, आठपहरिया, कुलुङ्ग भूजेल जातिका दाजुभाई तथा दिदिबहिनीहरुले भाग लिएका थिए । सचेतना कार्यक्रमको समुद्धघाटन समारोहको अवसरमा नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाको तर्फबाट डम्फू सेलोमा स्वागत नृत्य समेत प्रश्तुत् गरिएको थियो । आदिवासी जनजातिहरुको हकअधिकार प्राप्तीको लागि योगदान पु¥याउने अग्रजहरुलाई सम्मान: 

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाले आदिवासी जनजाति समुदायको हकअधिकार प्राप्तिको लागि योगदान पु¥याउने धनकुटा जिल्लाका ५ जना अग्रजहरुलाई खदा, माला र सम्मानपत्र प्रदान गरेर सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका संयोजक एवं पूर्व संविधानसभा सदस्य दुर्गा लिंखा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका पुर्व अध्यक्ष गेहेन्द्र किम्दाङ्ग आठपहरिया रहेका छन् । त्यसैगरी नेपाल आदिवासी जनजाति महासं जिल्ला समन्वय परिषद धनकुटाका पुर्व सचिव एवं नेवाः दवूका धनकुटा जिल्ला अध्यक्ष श्रीकृष्ण प्रधान, नेपाल शेर्पा संघ धनकुटाका नगर अध्यक्ष एवं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका पुर्व परिषद सदस्य पासाङ शेर्पा र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदका सह–सचिव एवं नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कुलवहादुर तितुङ तामाङलाई मृत्यूपर्यन्त सम्मान गरिएको हो । स्वर्गिय तितुङ्गको सम्मान पत्र धर्मपत्नि वसन्ती तितुङ र कान्छा छोरा बालकृष्ण तितुङ तामाङले ग्रहण गरेका थिए । सम्मानित हूनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले खदा माला, सम्मानपत्र र मायाको चिनु प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रमको संचालन नगर समन्वय परिषद धनकुटाका सचिव बागवीर घिसिङले गरेका थिए भने स्वागत मन्तव्य नगर समन्वय परिषदका उपाध्यक्ष इन्द्र लुङ्गेली मगरले राखेका थिए । सो अवसरमा नगर महासंघ धनकुटाको तर्फबाट अध्यक्ष दालमु शेर्पाले कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई मायाको चिनु प्रदान गरेका थिए ।

  • dhankutapress

थप