Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

त्रिवेणी माविको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य

बिनामछिन्द्र छाराहाङ अक्षयकोष स्थापना

  •   २ वर्ष अघि | १९ जेष्ठ २०८१, शनिबार

पञ्चमाया तामाङ 

धनकुटा/जिल्ला सदरमुकाम धनकुटा बजारको मुटुमा रहेको त्रिवेणी माविले ६५ औं बार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रमको साथ शुक्रवार भव्य रुपमा मनाएको छ । 

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको  प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव समारोहमा विद्यालयका पुर्व विद्यार्थि विना श्रेष्ठले १ लाख, ११ हजार, १ सय ११ रुपयाँ बरावरको ‘बिनामछिन्द्र छाराहाङ छात्रवृद्धि अक्षयकोष–०८१’ स्थापना गरेका छन् । त्यसैगरी उनले विद्यालयमा रहेको ‘पुर्व विद्यार्थि अक्षयकोषको लागी थप ५ हजार नगद समेत प्रदान गरेका छन् । 

सो अवसरमा विद्यालयको पठनपाठनमा उत्कृष्ठ योगदान पु¥याउने शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिक उत्सवको अवसरमा विद्यालयले संचालन गरेको बिभिन्न खेलहरुमा बिजेता छात्र–छात्राहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । सो अवसरमा शैक्षिक सत्र ०८० मा उत्कृष्ट छात्र–छात्राहरूलाई समेत कार्यक्रमका  प्रमुख अतिथि धनकुटा नगरका प्रमुख चिन्तन तामाङ, विद्यालयका प्रधानाध्यापक दिपक पोख्रेल लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

विद्यालयमा हालै चयन भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्देश आठपहरियाको अध्यक्षतामा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख चिन्तन तामाङ, धनपा वडा नं.७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, नगर शिक्षा शाखा प्रमुख नगेन्द्रमणि श्रेष्ठ, गोकुण्डेश्वर माध्यामिक विद्यालय धनकुटा–६ सिरान वजारका प्रधानाध्यापक यज्ञ प्रकास चापागाँई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा विद्यलायका अविभावक, छात्र-छात्राहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

हेर्नुहोस (फोटो फिचर ) :



  • dhankutapress

थप