धनकुटा प्रेस सम्वाददाता
सुस्मिता थिङ तामाङ
धनकुटा/ राष्ट्रिय स्वास्थकर्मी संघ नेपाल धनकुटाको सनिवार सम्पन्न तेश्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा भोजराज भण्डारी निर्वाचित भएका छन् ।
त्यसैगरी संघको उपाध्यक्षमा सुमित्रा चेम्जोङ र अनिल सुवेदी निर्वाचित भएका छन् । संघको सचिब पुष्पराज ओझा र सह–सचिव टोपेन्द्र राई र कोषाध्यक्ष युकेन राई सहित २३ सदस्यीय धनकुटा जिल्ला कमिटी सर्वसम्बत रपमा निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष भोजराज भण्डारीले बताए ।

निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले वधाई तथा शुभकामना ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।
- dhankutapress