Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

२९ औं तामाङ प्रसारण दिवस, संखुवासभाको चैनपुरमा

  •   ३ वर्ष अघि | १ भदौ २०८०, शुक्रबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

संखुवासभा, चैनपुर/तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिले संखुवासभाको चैनपुरमा शुक्रवार २९ औं तामाङ प्रसारण दिवस मनाएको छ । तामाङ पत्रकार संघ प्रदेश समितिको आयोजना तथा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती संखुवासभाको व्यवस्थापनमा चैनपुर नगरपालिका वडा नम्बर-४ को सभाहलमा एक कार्यक्रम आयोजना गर्दै तामाङ प्रसारण दिवस मनाएको हो ।

संघका प्रदेश अध्यक्ष मोहन तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्ण कुमार तामाङले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य तथा चैनपुर नगरपालिका ४ का वडाअध्यक्ष धन बहादुर तामाङको बिषेश आतिथ्य रहेको थियो ।

कार्यक्रममा अन्तराष्ट्रिय आईटी एफ तेक्वान्दो खेलाडी विर वहादुर तामाङलाई सम्मान गरिएको थियो । सातौं र नवौं राष्ट्रिय प्रतियोगितामा २ पटक स्वर्ण पदक तथा हालै भारतमा सम्पन्न दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा कास्य पदक विजेता तामाङ्लाई तामाङ् पत्रकार संघले सम्मान पत्र प्रदान गर्दै तागी लगाएर सम्मान गरेको हो ।

कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज मानवी तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती संखुवासभाको अध्यक्ष काजिमान ग्याबा तामाङ, संघका प्रदेश उपाध्यक्ष मकर तामाङ, विभिन्न जिल्लाबाट आएका तामाङ पत्रकार संघका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि र तामाङ पत्रकार संघ प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले तामाङ पत्रकार उत्पादनमा जोड दिने प्रतिवद्धता जनाएका छन् । उनिहरुले आफ्नो ठाउँवाट विभिन्न तालिमहरु आयोजना गरेर तामाङ पत्रकार उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् ।


  • Dhankutapress

थप