धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटाका वरिष्ठ चित्रकार डिल्लीकृष्ण आलेलाई सोमवार एक समारोहको विच सम्मान गरिएको छ ।
चित्रकलाको माध्यामबाट धनकुटालाई चिनाउन अतुलनिय योगदान गरेको भन्दै नेपाल मगर संघ नगर समिति धनकुटाले तेश्रो नगर अधिवेशनको उद्धघाटन सत्रमा चित्रकार आलेलाई सम्मान गरेको हो । उनलाई नगर अधिवेशन उद्धघाटन सत्रका प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष चेत राना मगरले दोसल्ला, खदा र प्रमाणपत्रले सम्मान गरेका हुन् ।
सम्मानित व्यक्तित्व चित्रकार डिल्लीकृष्ण आलेले आफ्नो योगदानलाई सम्झेर आफ्नै मातृ संस्था नेपाल मगर संघ नगर समिति धनकुटाले सम्मान गरेको भन्दै धन्यवाद् दिएका छन् । उनले सम्मानले आफूलाई आफ्नो समुदाय प्रति थप जिम्मेवारी वढेको अनुभूति भएको बताएका छन् ।
संघको तेश्रो नगर अधिवेशनको वन्द सत्रले अमृत रना मगरको अध्यक्षतामा ११ सदस्सीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः रेखा आले, दिलकुमारी राना, भीम वहादुर राना मगर र पुकमान मगरलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा इन्द्र लुङ्गेली मगर, सन्तोष राना मगर, ममता मगर, अमर वहादुर मगर, निर्मला राना मगर र रुपा राना मगर रहेका छन् । अधिवेशन निवर्तमान नगर अध्यक्ष यमवहदुर आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- Dhankutapress