Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

सुमो दुर्घटनामा ६ जना घाईते

  •   २ वर्ष अघि | १० चैत्र २०८१, सोमवार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा सुमो दुर्घटना भएको छ । जिल्लाको सांगुरीगढी गाउंपालिका ६ स्थित कोशी लोकमार्गको कार्कीछापमा आज दिउंसो २ः३० बजे धरानबाट संखुवासभा तर्फ जांदै गरेको प्रदेश नं १–०२–००१ ज ४०६६ नम्बरको सुमो दुर्घटना भएको हो ।

सुमो दुर्घटना ६ जना घाइते भएको र उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको साथै अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

दुर्घटनामा संखुवासभाको मकालु गाउंपालिका वडा नं.४ का ४५ बर्षिय सुमित्रा तामाङ, ३५ बर्षिय निर्मला राई , २४ बर्षिय बिकेन्द्र राई, १८ बर्षिय स्वस्तिका राई तथा धनकुटाको महालक्ष्मी नगरपालिका ३ का ६६ बर्षिय मैयां थापा र उनकी छोरी १२ बर्षिय आयुशा थापा रहेका छन् ।

दुर्घटना गाडीको अगाडिको टायर पड्किएर भएको र गाडीमा सवार १३ जना मध्ये ७ जमा सकुशल रहेको प्रहरीले जनाएको छ । सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ३४ बर्षिय सुमन लिम्बुलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।

  • dhankutapress

थप