धनकुटा प्रेस सम्वाददाता
सिधुवा/छथरजोरपाटी गाउ्पालिका वडा नं.६ सिधुवा वजारमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधरण सभा सनिवार सम्पन्न भएको छ ।
साधरण सभामा अध्यक्ष मेघेन्द्र गुरुङले आर्थिक वर्ष ०७८।०७९ मा सुलभ बचत तथा ऋण सहकारीले गरेको कारोवार मध्येबाट ४८ लाख ७७ हजार मुनाफा कमाएको जानकारी गराए । अध्यक्ष गुरुङले सहकारीको वार्षिक प्रतिवेदन एवंम नीति कार्यक्रम र आ.व.०७९।०८० को प्रस्तावित कार्यक्रम तथा रणनीतिक योजना प्रस्तुत गरे ।
यस्तैगरी सहकारीका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पृथ पौडेलले आर्थिक वर्ष ०७८÷०७९ को जम्मा आम्दानी १ करोड, ६६ लाख, ४१ हजार, ६ सय ९२ रुपैया ६५ पैसा, जम्मा खर्च ८२ करोड, ९९ लाख, ४ सय, ७९ रुपैया ७१ पैसा भएको विववरण उल्लेख गरे । साथै आ.व.०७८।०७९ खुद नाफा सहकारीको ४८ लाख ७७ हजार ५ सय ९१ भएको पौडेलले वताए ।
सो अवसरमा सहकारीले असल कारोवार गर्ने गायत्रीमाया सार्की,रुद्र वहादुर कटुवाल, उत्कृष्ठ वचत कार्ता खगेन्द्र भट्टाई, खड्गमाया राई,अधिक शेयर धनी कुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ,उत्कृष्ठ दैनिक वचत कर्ता, तोज कुमार श्रेष्ठ र धनुष लिम्बु, उत्कृष्ठ वाल वचत कर्ता, शिवानी अधिकारी, एलेक्स थापा मगरलाई करुवा प्रदान गरिएको छ । महालक्ष्मी न.पा.९ राम मावि गणेसटार, छथरजोरपाटी गा.पा. वडा नं.६ सरस्वती मावि, छथरजोरपाटी ५ सिद्धदेवी प्राविका विद्यार्थीहरु दिपक मादेन, अकीसा घले मगर, शिव श्रेष्ठ, वर्षा राई, अमित भट्टाई, र निर्जला घिमिरेलाई पोषाक तथा स्टेस्नरीका सामान प्रदान गरिएको छ ।
साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, छथरजोरपार्टी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दीपक गुरुङ, छथरजोरपार्टी गाउँपालिका निर्वतमान उपाध्यक्ष भीमकला श्रेष्ठ, सगरमाथा दुग्ध चिस्याँन सहकारी संस्था लि.का.अध्यक्ष प्रेम प्रसाद ढकाल, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेज वहादुर पुरी लगायतले शूभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै गरी आ.व.०७८।७९को एसईइमा उत्कृष्ठ जिपिए ल्याउने रक्षा अधिकारी र विधिसा भट्टाई र अनिष ढुंंगानालाई सम्मान पत्रले सम्मान गरिएको छ । साधारणसभामा सहकारीका शेयरधनी,सदस्य,शिक्षक वुद्धीजिवी लगायतको उपस्थिति थियो ।
अध्यक्षमा पुनः गुरुङ निर्वाचित :
सुलभ बचत तथा ऋण सहकारी संस्था लि.छथरजोरपार्टी गाउँपालिका वडा नं.६ सिधुवाको १९ औं साधारण सभाबाट पुनः अध्यक्षमा मेघेन्द्र गुरुङ निर्वाचित भएका छन् । सहकारीको १९ औं साधारण सभामा भएको निर्वाचनबाट मेघेन्द्र गुरुङले ४ सय ३० मत प्राप्त गर्दै पुनः सहकारीको अध्यक्ष पदमा बिजयी भएका हुन् । उनको निकटम प्रतिष्पर्र्धीहरु शिवकुमार श्रेष्ठले २ सय, २७ मत र शेखर थापाले १२ मत पाएका थिए । त्यस्तै गरी सचिवमा डिक बहादुर खड्का ३ सय ७४ मत ल्याएर सचिवमा विजयी भएका छन् ।
सचिवका प्रतिष्पर्र्धी दिबेश खड्काले २ सय ७० मत प्राप्त गरेको थिए । कोषाध्यक्षमा भिमशंकर अधिकारीले ४ सय, ४२ मत ल्याउदै विजयी भएका थिए भने उनको निकटतम प्रतिष्पर्धि पदम भट्टराईले १ सय, ९८ मत ल्याएका थिए । सहकारीको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो । सहकारीको कुल शेयर सदस्य मध्ये ६ सय ८७ जना शेयर सदस्यले मतदान गरेका थिए ।
- Dhankutapress