Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सुलभ बचत तथा ऋण सहकारी संस्थाको लगानी १२ करोड

कारोवार १६ करोड, निक्षेप ९ करोड

  •   ५ वर्ष अघि | १३ पुस २०७८, मङ्लबार

सन्तवीर लामा

धनकुटा – धनकुटाकै उत्कृष्ट सहकारी रुपमा धनकुटाको सिधुवामा रहेको शुलभ बचत तथा ऋण सहकारीले आफ्नो लगानी बढाएर १२ करोड पु¥याएको जनाएको छ ।

सुलभ वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८ औं बार्षिक साधारण सभा आयोजना गरेरे आफ्नो शेयर सदस्यहरुलाई यस्तो जानकारी गराएको हो । गत बर्ष ९ करोड, २५ लाख, ४९ हजार, ९ सय ८ लगानी गरेको सो संस्थाले शनिबार साधारणसभा गरेर १२ करोड, ८१ हजार, ९ सय १७ रुपैंया ऋण लगानी गरेको जानकारी दिएको छ । अशुली भने ९ करोड, ७३ लाख, ७५ हजार, १ सय ५८ रुपयाँ रहेको वताइएको छ ।

कार्यक्रममा संस्थाका व्यवास्थापक नीरा अधिकारीले आव ०७७÷०७८ मा १६ करोड कारोवार र निक्षेप चुक्ता पुँजी ९ करोड वरावरको भएको जानकारी दिए । उनले संस्थाको शेयर रकम २ करोड, २७ लाख, ४४ हजार, ४ सय रहेको वताईन ।  व्यवस्थापक अधिकारीले संस्थाको स्वयम शेयर सदस्यको कुनै कारणले मृत्यु भएमा संस्थाको तर्फबाट सदस्य सुरक्षण कोषबाट ४१ हजार आर्थिक सहयोग गर्ने पनि यो वर्ष देखी व्यवस्था गरिएको वताईन । संस्थाले शेयर सदस्यहरुलाई शेयर वोनस वापत ८ प्रतिसत, कारोवार वोनस ३५ प्रतिसतसम्म दिने गरेकोमा यो वर्ष देखी २५ प्रतिसत मात्र दिने व्यवस्था गरिएको जनाइएको छ । त्यसैगरी शेयर सदस्यहरुलाई व्यापार कर्जामा ११.७५ प्रतिसत, कृषि, पशुमा ९ प्रतिसत र गाडीघोडा खरिदमा ११.७५ प्रतिसत व्याजदर कायम  गरिएको छ । 

संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बु, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, स्थानिय बिभिन्न बैक तथा बित्तिय संस्थाका प्रमुख एवं प्रतिनीधिहरुले संस्थालाई सफलताको शुभकामना दिएका थिए ।


  • selokhabar

थप