धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा महोत्सव सफल बनाउनको लागि उधोग वाणिज्य संघ धनकुटाले विभिन्न सराकोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया जारी राखेको छ ।
यसैक्रममा सोमवारसम्म महोत्सवको लागि आर्थिक व्यवस्थापनमा सहयोग पु¥याउन धनकुटाका सात वटै स्थानिय तहहरु र नगरपालिका भित्रका १० वटै वडाका वडाध्यक्षहरुसंग छलफल गरिएको छ । त्यसैगरी उद्धघाटनमा झाँकि व्यवस्थापनको लागि जिल्लाका एकल जातिय संस्थाका प्रमुख एवं प्रतिनिधिहरुसंग पनि छलफल तथा अन्तरक्रिया गरि सकिएको उधोग वाणिज्य संघ धनकुटाले जनाएको छ ।
यसैविच मंगलवार वितरक संघ धनकुटा र उद्योग बाणिज्य संघ विच पनि अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । छलफलमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ सफल बनाउन वितरक संघ हिलेका पदाधिकारी तथा सदस्यहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
छलफलमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सव २०७९ धनकुटाको प्रतिष्ठासंग जोडिएकोले वितरक संघ धनकुटालाई सहयोग गर्न आग्रह गरे ।
वितरक संघ धनकुटाका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णराज शाक्यको अध्यक्षतमा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका उपाध्यक्षहरु खगेन्द्र विष्ट, निर्मला राई, उद्यमी बिष्णु माया कन्दङ्गवा, कार्यकारी सदस्यहरु दिजेश शाक्य, विपिन थापाले धनकुटा महोत्सवले धनकुटाको व्यापार व्यवसायलाई प्रवद्धन गर्नमा ठूलो सहयोग पुग्ने वताए ।
औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं धनकुटा महोत्सवमा आगामी माघ ६ गते देखी माघ १६ गतेसम्म धनकुटाको तल्लो टुडिखेलमा संचालन हुने भएको छ ।
- Dhankutapress