Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

वित्तिय संस्थाहरुको चर्को व्याजदरको बिरोधमा धनकुटामा ¥याली

उधोगी व्यापारीलाई वैंकहरुले शौलियत दिनुको सट्टा उल्टै महँगो व्याज लिएको गुनासो

  •   ४ वर्ष अघि | २३ कार्तिक २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटामा उद्योग बाणिज्य संघले वित्तिय संस्थाहरुको चर्को व्याजदरको बिरोधमा वुधवार शान्तिपूर्ण ¥याली आयोजना गरेको छ । 

उधोग बाणिज्य संघ धनकुटाले धनकुटा वजारको भिमनारायण चोक देखी मदन चोकसम्म शान्तिपुर्ण ¥यालीको आयोजना गरेर विरोध जनाएको हो । भमनारायण चोकबाट सुरु भएको ¥याली बजारको विभिन्न भागको परीक्रमा गरी धनकुटा–७ मदन चोकमा आएर कोणसभा गरेर समापन गरिएको थियो । 

धनकुटा र हिलेका उधोगी व्यापरीहरुले ¥यालीमा मेरो चाहाना देशमा उद्योग खोली रोजगारी सृजन गर्ने हो, बढ्दो व्याजदरले व्यवसाय संचालनमा गाह्रो भो, बैंक आतंक बन्द गर, बैक हामीलाई प्यारो छ, व्याजदर हामीलाई गाह्रो छ भन्दै वैंकहरुको पछिल्लो कदम विरुद्ध नारावाजी गरेका थिए । उनिहरुले चालु पूँजी निर्देशिका स्थायी गर, देशको विकासमा योगदान दिईएको निजी क्षेत्रलाई बैकिङ्ग क्षेत्रले निरुत्साहित नपारौं, गरी खाने मर्दैछ सरकारको राजश्व बढ्दैछ, लगायत विभिन्न नारा लेखेको पम्पप्लेटहरु प्रदर्शन गर्दै ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागी हुनु पुर्व जिल्ला प्रशासन कार्यालय  र धनकुटामा रहेका विभिन्न सरकारी तथा निजि वैंकहरुका मेनेजरहरुलाई मसेत ज्ञापन पत्र समेत वुझाएका थिए ।

मदनचोकमा आयोजित कोण सभामा बोल्दै नेपाल उद्योग वाणिज्य संघ धनकुटाका उपाध्यक्ष खगेन्द्र विष्टले कोभिड १९ को महामारीका कारण व्यवसाय चौपट्ट भएको वताए । कोभिड पछि व्यापार व्यवसाय मन्दीमा रहेको अवस्थामा बैंकको व्याजदर झन उधोगी व्यावसायिहरुलाई कम गरेर सौलियत दिनु पर्नेमा झन बढ्दै गएको प्रति वर्तमान सरकारको कदम ठिक नभएको बताए । 

त्यसैगरी उधोग वणिज्य महासंघ धनकुटाका महासचिव रामवहादुर गोङवा तामाङले समय अनुसारको वैंकहरुले व्याजदर कायम गर्नु पर्नेमा जोड दिए । उनले त्यसो भयो भने मात्र उधोगी, व्यापार गर्ने व्यवसायीहरुलाई सहज र राज्यलाई पनि घाटा नहुने बताए । तामाङले वढ्दो व्यावजदर घटाउनको लागि राज्यले तत्काल पहल गरोस उधोग वाणिज्यसंघले दवाव् स्वरुप यो कार्यक्रम आयोजना गरेको स्पष्ट पारे ।

उनले लामो समय कोभिडले थलिएको उधोगी, व्यापारीहरुलाई पछिल्लो समयमा व्यवासय गर्छु भन्दा वैंकहरुले ऋण समेत नदिएर महँगो व्याज लिएर उल्टै शोषण गर्न खोजेको आरोप लगाए । विरोध ¥यालीमा स्थानीय व्यापारी, उधोगी, व्यवसायी, स्थानीय र बुद्धिजिबि लगायतको उपस्थिति रहेको थियो ।


  • Dhankutapress

थप