Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

साँगुरीगढी गाउँपालिकामा भूमिहीन सुकुम्वासी तथा दलितहरूलाई निस्सा वितरण

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/साँगुरीगढी गाउँपालिका भरिका भूमिहीन सुकुम्वासी तथा दलितहरूलाई लाजपुर्जा वितरणका गर्नका लागि निस्सा प्रदान कार्यक्रम सुरु गरिएको छ । 

राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाले गाउँपालिका भरिका ३९ घरपरिवारलाई भूमिहीन सुकुम्वासी तथा दलितहरू लालपूर्जा वितरण गर्नका लागि निस्सा प्रदान कार्यक्रम सुरु गरेको हो ।  मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष जितेन्द्र राई, राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष बलबहादुर राईसहित सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, वडाध्यक्षहरूको रोहवरमा ३० घरपरिवारलाई निस्सा वितरण गरिएको थियो ।

निस्सा वितरण गरिएको कुल ३९ घरपरिवार मध्ये १० घरपरिवार भूमिहीन दलित र बाँकी २९ घरपरिवार सुकुम्वासी भूमिहीन रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । उनका अनुसार निस्सा वितरण भएसँगै लालपूर्जा प्राप्तिको प्रक्रिया सुरु भएको छ । 

गाउँपालिकाले ३५ दिने सूचना प्रकाशित गरेर भूमिहीन सुकुम्वासी तथा दलितहरूको लगत संकलन गरेको थियो । वडा सचिव मार्फत रुजु र कम्प्युटर इन्ट्रिको काम गरिएको थियो । त्यसपछि लगत संकलनबाट प्राप्त नामावलीलाई राष्ट्रिय भूमि आयोगको निर्देशिका अनुसार कार्यपालिका वैठकले भूउपयोग स्वीकृत गरेर प्रमाणीकरण गरी ४६ जनाको नाम आयोगमा बुझाइएको प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुरले बताए । 

उनका अनुसार ४६ जनाको नाम बुझाइए पनि ३९ बाहेक सात जनाका नाममा जग्गा देखिएपछि सूचीबाट हटाइएको थियो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति अध्यक्ष बलबहादुर राईले निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरि जग्गा वितरण गर्न नापजाँच गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपूर्जा वितरणको कार्य सुरु हुने बताए ।

  • Dhankutapress

थप