Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

धनकुटामा कृषि उपजका वस्तु तथा घरेलु जन्य सामग्रीहरुको प्रदर्शनी

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/धनकुटामा वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरिरहेका युवा, बैदेशिक रोजगारीमा गएका ब्यक्तिका परीवार र स्वदेशमै बसोवास गरिरहेका विपन्न वर्गका युवाहरुले उत्पादन गरेका विभिन्न कृषि उपजका सामाग्रीहरुको सनिवार प्रदर्शनी गरिएको छ ।

धनकुटाको तल्लो टुडिखेलमा गरिएको प्रदर्शनीमा कृषिजन्य उत्पादन फलफुल, तरकारी घिउ, खसीबोका र घरेलु उद्योग अन्तरर्गतका विभिन्न सामाग्री रहेका छन् । नेपाल विकास अध्ययन संस्थाको सहयोगमा उद्यम गरिरहेका धनकुटा र झापाका करीब दुइ सय ६० बढी उद्यमीको सहभागिता रहेको संस्थाका संयोजक महेन्द्र कुमार राईले जानकारी दिए ।

नेपाल विकास अध्ययन संस्थाको आयोजनामा धनकुटाको टुडिखेलमा एक दिने कृषि उपजका वस्तुहरुको प्रदर्शनी गरिएको हो । मेलाले उद्यमीलाई बजारको सहज पहुँच तथा प्रबद्र्धन गर्न मदत मिलेको संयोजक राईको भनाइ छ । अन्तराष्ट्रिय आप्रबासी संगठन आइओएमको सहयोगमा धनकुटा नगरपालिकाका २ सय २० र झापाको अर्जुनधारा नगरपालिकाका ४४ उद्यमीलाई आर्थिक सहयोग गरेको थियो । 

परियोजना कृषि तथा घरेलु अन्तरगतका विभिन्न उद्यममा लागेका उद्यमीलाई १ लाख ४० हजारको दरले अनुदान उपलब्ध गराएको थियो । तीनै उद्यमीले उत्पादन गरेका सामग्री प्रदर्शनी गरिएको हो । संयुक्त राष्टसंघको अन्तराष्ट्रिय आप्रवासन संगठनको आर्थिक सहयोगमा नेपा विकास अध्ययन संस्थाले एक दिने मेला आयोजना गरेको हो । धनकुटा नगरपालिकाका उप–प्रमुख भीमा देवी खनालको अध्यक्षतामा सम्पन्न एक दिने मेला उद्धघाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति, धनकुटाका प्रमुख निरेन तामाङले गरेका थिए ।

उक्त संस्थाले यूवा उद्यम व्यवसाय संचालन गर्नको लागि प्रति व्यवसायी १ लाख, ४० हजारको दरले बीउ पुँजी अनुदान दिई उद्योग व्यवसाय संचालन सहयोग गरिएको धनकुटा नगरपालिका आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले वताए । दिगो पुनः एकिरकण मेलाको उघद्धाटन सत्रमा विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।



  • Dhankutapress

थप