Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

कृषि र पशुको संयुक्त अनुगमन सम्पन्न

योजना परेकाहरुले जिम्मेवारी पुर्वक काम गर्नु पर्नेमा जोड

  •   ४ वर्ष अघि | २९ असार २०७९, बुधबार

धनकुटा प्रेस सम्वाददाता 

धनकुटा/धनकुटा जिल्लामा आ.व.०७८÷०७९ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र धनकुटाले संचालन गरेको विविध कार्यक्रमहरुको मंगलवार संयुक्त रुपमा अनुगमन गरिएको छ । 

चालु आ.व.मा दवै कार्यालयले जिल्लाको विभिन्न पालिकाहरुमा संचालन गरेका कार्यक्रमहरुको प्रदेश सभा सदस्यहरु, सरोकारवाला निकाय प्रमुख एवं प्रतिनिधिहरु र स्थानिय संचारकर्मीहरुको रोहवरमा कार्यालयबाट सम्पादन गरिएका योजनाहरुको अनुगमन गरिएको हो । 

योजना अनुगमनको क्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका निमिक्त प्रमुख लोकनाथ ढुङ्गानाले अनुदान प्राप्त युवा लक्षित पशु विकास कार्यक्रम अन्तर्गत ४, बाख्रा बृहत्तर पकेट प्याकेज कार्यक्रम–१, कृषि, पशु, सहकारी संस्था र अन्य संस्थाहरुसंग सहकार्यमा पशुपालन कार्यक्रम–२ वटा संचालनमा ल्याएको बताए । 

त्यसैगरी ढुंगनाले बाख्रा बृहत्तर पकेट प्याकेज दोश्रो वर्ष फलोअप कार्यक्रम २, वंगुर विकास कार्यक्रम १, वातवरण संरक्षण एवं पोषण सुरक्षाको लागि करेशा पोखरी निर्माण कार्यक्रम ४, बाख्राको ब्लक विकास कार्यक्रम १ र बंगुरको ब्लक विकास कार्यक्रम गरि जम्मा १६ वटा कार्यक्रम संचालन भएको जानकारी गराए । 

अनुदानमा संचालन भएका कार्यक्रमहरु मध्ये पाख्रीवास नगरपालिका वडा नं.९ उत्तरपानीमा रहेको धर्मशाला पशुपालन फार्मले उन्नत जातको बाख्रा पालनको लागि २ लाख अनुदान लिएर निर्माण गरिएको गोठ सुधार कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमनको क्रममा फार्म संचालक सुलोचना राईले भेटेरिनरी अस्पतालले दिएको २ लाख अनुदानले नपुगेर आफ्नो ३ लाख लगानी गरेर जम्मा ५ लाखमा उन्नत बाख्राको लागि नयाँ गोठ निर्माण गरेहको वताईन । उनले आफ्नो खोरमा जमुना वारी जातको १९ माउ बाख्रा, ८ वटा बोका र अन्य गरि जम्मा ३९ वटा बाख्रा रहेको बताए ।

त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.३ मा रहेको फांदुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले व्यवसायिक पशुपालन कार्यक्रमको लागि चालु आ.व.मा २५ लाख रुपयाँ अनुदान लिएको कार्यलय प्रमुख लोकनाथ ढुङ्गानाले बताए । जस अन्तर्गत भेटेरिनरी अस्पताल धनकुटाको सिफारिसमा प्रदेश सरकारको सर्शत अनुदान २५ लाख र ९ लाख, १२ हजार जनसहभागिता सहित ३४ लाख १२ हजारको कार्यक्रम संचालन गरिएको सहकारीको अध्यक्ष मकर वहादुर दर्लामी मगरले बताए । उनले सहकारीका सदस्यहरुलाई ३२ वटा गोठ सुधार गरिएको, २७ जनालाई च्यापकटर खरिद,  मिल्क एनालाईजर १ थान खरिद लगायतका कार्यक्रमहरु संचालन गरिएको बताए । 

त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.३ चुलाचुलीमा रहेको  खोप्ताक कृषि सहकारी संस्था लि.ले पनि भेटेरिनरी अस्पताल धनकुटाको सिरफारिसमा प्रदेश सरकारको सर्शत अनुदान ३० लाख वरावरको बंगुर पालनको लागि खोर सुधार साझेदारीमा कार्यक्रम संचालन गरिएको प्रमुख ढुङ्गानाले बताए । खोप्ताक सहकारीका ४० जना शेयर सदस्यहरु मध्ये १५ जनाले वंगुर पालनको लागि आधुनिक खोर सुधार गरेर टनेलको छाना लगाएर निर्माण गरि सकिएको सहकारीका अध्यक्ष उमेश पिठाकोटेले बताए ।

उनले सोहि कार्यक्रम अन्तर्गत सहकारीका  सदस्यहरुलाई तिन दिनको वंगुर पालन सम्वन्धि तालिम दिएको वताए । त्यसैगरी सहकारीका वंगुर पालन गर्ने २६ जना सदस्य मध्ये १४ जनाले नयाँ खोर निर्माण गरेको र १ जनाको भने मर्मत सम्भार गरेको अध्यक्ष पिठाकोटेले बताएका छन् । प्रदेश सरकारको ३० लाख अनुदानमा सहकारीको १५ जना सदस्यले प्रति खोर १÷१ लाख जनसहभागिता जुटाएर खोर निर्माण गरिएको अध्यक्ष पिठाकोटेले बताए । कार्यक्रम सम्झौता भएनुसार  ३० वटा नयाँ खोर वनाउनु पर्नेमा १५ वटा मात्र खोर निर्माण गरिएको उनले बताए ।     

त्यसैगरी कृषि ज्ञान केन्द्र धनकुटाकी निमिक्त कार्यलय प्रमुख पुर्णमाया गुरुङले चालु आ.व.मा कागती खेती, किवि खेती, फलफूल वगैचा स्थापना, मुख्य राजमार्ग लक्षित तरकारी खेती, युवा लक्षित तरकारी खेती कार्यक्रम लगायतका गरी २० वटा कार्यक्रम संचालन गरिएको बताईन । अनुगमनको क्रममा पाख्रीवास नगरपािलका वडा नं.९ मा रहेको निलिमा फलफूल तथा कृषि फार्मले ५ लाख अनुदानमा संचालन गरेको किबी खेती प्रवद्र्धन कार्यक्रमको अनुगमन गरिएको छ । संचालक भुना माया तामाङले आफ्नो किबी वगानमा कृषि ज्ञान केन्द्रको ५ लाख, आफ्नो १ लाख, ६७ हजार, ३६ रुपयाँ गरि जम्मा ६ लाख, ६७ हजार, ३६ रुपयाँ लगानी भएको वताईन । उनले सरकारी अनुदानले किबी खेतीको लागि सिमेण्टको थाक्रा निर्माण गरिएको वताए ।

त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं.९ मा महिला, दलित, विपन्न तथा पिछाडिएको समुदायको लक्षित कार्यक्रम अन्तर्गत आरुसी कृषि तथा पशुपंक्षि फार्मलाई तरकारी खेतीको लागि १ लाख अनुदान प्रदान गरिएको वताइएको छ । प्राप्त १ लाख अनुदानमा ३३ प्रतिसत जनसहभागिता जुटाएर टनेल निर्माण, पाईप खरिद, टंकी खरिद र मिनि टेलर खरिद गरिएको फर्मको संचालक फूलमाया घिसिङले बताईन ।

त्यसैगरी छथरजोरपाटी गाउँपालिका वडा नं.३ पिङडाँडामा रहेको ढुङ्गे कृषि सहकारी संस्था लिमिटेडलाई मकै ब्लक विकास कार्यक्रम अन्तर्गत १३ लाख, २० हजार अनुदान दिइएको ज्ञान केन्द्रकी निमिक्त प्रमुख पूर्णमाया गुरुङले वताईन । सहकारीका अध्यक्ष डिल्लीश्वर लिम्वुका अनुसार मकै ब्लक कार्यक्रम अन्तर्गत आफूहरुले चालु आ.व.मा ३ सय ५० घरमा कार्यक्रम संचालन गरेको वताए । उनले विनियोजित वजेट मध्येबाट १२ लाख, ८६ हजार, १ सय अनुदानमा ६ लाख, ६९ हजार, ४ सय जन सहभागिता सहित १९ लाख, ५५ हजार, ५ सय वरावरको कार्यक्रम संचालन गरिएको वताए ।

नुगमनमा प्रदेश सभा सदस्य एवं न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणी पराजुली, प्रदेश सभा सदस्यत्रेय लिला सुव्वा, कुसुम श्रेष्ठ,हिमा भट्टराई,जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई,पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायत स्थानिय संचारकर्मीहरुको सहभागिता रहेको थियो । उनीहरुले योजना परेकाहरुले जिम्मेवारी पुर्वक काम गर्न सुझाव दिएका छन् । 

  • Dhankutapress

थप