Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

निर्माण सम्पन्न भएको ३ वर्षपछि हिले पार्कजोनको अध्यक्ष ओलीद्धारा उद्धघाटन

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खबर सम्वाददाता 

धनकुटा/निर्माण सम्पन्न भएको ३ वर्षपछि धनकुटाको हिलेको विच वजारमा रहेको हिलेपार्क जोनको उद्धाटन गरिएको छ । 

प्रदेश सरकार वन, वातवरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका वडा नं. १ हिले विचबजारमा करिब १ रोपनी भन्दा वढी क्षेत्रफलमा निर्माण सम्पन्न गरिएको हिलेपार्क जोनको पूर्वप्रधानमन्त्री केपी ओलीले बिहीबार उद्धाटन गरेका हुन । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तमै निर्माण कार्य सम्पन्न भएको थियो । 

नेकपा एमालेले गरिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा आईपुगेका ओलीले पार्कको उद्धाटन गरेका हुन् । कोशी प्रदेश कै पर्यटकिय स्थल हिले वजारमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई घुम्न वा मन भुलाउन सहज होस भन्ने उदेश्यले निर्माण गरिएको हिलेपार्क जोनका अध्यक्ष धिरेन थिङले बताए।

धनकुटा नगरपालिकाको पहलमा करिव १ रोपनी भन्दा वढी क्षेत्रफलमा फैलिएको हिलेपार्क जोनमा एकै पटकमा ६ जनासम्मले प्रयोग गर्न मिल्ने महिला पुरुषको छुट्टा–छुट्टै सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ। पार्कमा स्थानिय वृद्धवृद्धाहरुलाई पार्कको विभिन्न स्थानमा विश्रामलय, आन्तरिक तथा वाह्य पर्य टकहरुलाई हिले र आसपासको क्षेत्रको पर्यटकिय स्थलहरुको जानकारी गराउने उदेश्यले सुचना केन्द्र समेत निर्माण गरिएको छ । 

त्यसको साथमा हिलेको ऐतिहासिक तथा पुरात्वतिब वस्तुहरुको पहिचान झल्काउने खालको फोटो संग्राहलय समेत स्थापना गरिएको छ । हिलेपार्क जोनमा रातको वत्ति बाल्न ५ वटा सोलारका साथमा ४८ वटा लाईट बलहरु राखिएका छन्। पार्कको माथिल्लो भागमा पानीको फोहोरा फाउण्टेन राखिएको छ। जस्ले गर्दा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको मन भुल्याउन र मनोञ्जन लिन मद्धत पु¥याउने बताइएको छ । हिले बजार क्षेत्रमा सार्वजानिक शौचालय नभैरहेको अवस्थामा हिलेपार्क निर्माणसंगै २ वटा महिला पुरुषको छुट्टा–छुट्टै शौचालय निर्माण हुनु सहज भएको स्थानीयले बताएका छन् ।

एमाले अध्यक्ष ओली माथि दुव्र्यावहार :

यसैबीच एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा अध्यक्ष ओलीमाथि धनकुटा प्रबेश गर्ने वित्तिकै दुव्र्यवहार भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवा स्थ्ति रामवजारमा घर भएका स्थानीय महेश राईले स्वागतको क्रममा ओली माथि दुव्र्यवहार गरेका हुन् । उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिए । दुव्र्यवहारको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।


पूर्व प्रधानमनत्री ओलीले धनकुटाको लेगुवामा स्वागत, पाख्रिबासमा कृषि अन्तरक्रिया, हिलेमा पार्कजोन उद्धाटन, जोरपाटी र सिधुवामा स्वागत कार्यक्रममा सहभागि हुँदै तेह्रथुमको वसन्तपुर जनसभालाई सम्बोधन गरेका छन् । 

धनकुटा, तेह्रथुम र संखुवासभाको तर्फबाट संयुक्त रुपमा आमसभा आयोजना गरिएको हो । एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ । संकल्प यात्राको अगुवाइ गरिरहेका एमाले अध्यक्ष ओलीको टिममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमालसहित सहभागि छन् ।

ओलीको कार्यक्रममा अवरोध सृजना गर्न खोजेको भन्दै १९ जना पहिचानवादी पक्राउ :

लेगुवा र सिधुवाको कार्यक्रमलाइ अवरोध गर्न खोज्ने १९ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । अध्यक्ष ओलीलाई स्वागतको लाइनमा बसेर अभद्र व्यवाहार गर्न खोज्ने स्थानिय महेस राइ सहित कोलो झण्डा देखाउने पहिचानवादीहरुलाई नियन्त्रणमा लिएको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए । 

पक्राउ पर्नेहरुमा धनकुटा जिल्ला कियाचु अध्यक्ष कमलसिं लिम्वु, यायोखा जिल्ला अध्यक्ष उद्धवमणी राई, किराँत राई यायोखा पाख्रीवास नगर अध्यक्ष जितेन्द्र मामपाङ्ग, प्रदेश नं.१ पुनःनामांकन संघर्ष समिति संखुवासभाका संयोजक बिरेन्द्र छारा राई, यायोखा संखुवासभा जिल्ला सचिव उमाकुमारी राई, पनिल कुलुङ, करविर कुलुङ, जुद्ध राई, सोकुल राई लेगुवावाट पक्राउ परेका हुन् । 

त्यसैगरी धनकुटाको सिधुवाबाट पक्राउ परेका तेह्रथुम जिल्लाका पहिचानवादीहरु सूर्यमादेन, शंकर खेवा, नगेन साँवा, उदयदिप सम्वाहाम्फे, वोद्धराज लिम्वु, फौद्ध तुम्खेवा, दिपक लिम्वु, रुपेश लिम्वू, योगेन्द्र साँवा लिम्वू लगायतका गरी जम्मा १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

महेश राई एमाले कार्यकर्ता भएको दावी :

नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणी पराजुलीले केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीलाई दुव्र्यवहार भएको भनेर राष्ट्रिय मिडियाहरुले पित पत्रकारिता गरेको आरोप लगाएका छन् । उनले स्वागत गर्न लाईनमा वस्दा अचानक हुत्तिएर केपी ‘बा’ को छेउमा पुगेको मात्र हुन् । उनी नेकपा एमालेको साधरण कार्यकर्ता (भोटर) हुन् । उनले एमालेलाई स्थायिन, संघ र प्रदेश तिनै तहको चुनाबमा मत दिने (भोटर) मतदाता भएको बताए । राई हुने वित्तिकै पहिचानवादी भनि हाल्नु नमिल्ने भन्दै अध्यक्ष पराजुलीले आफ्नो बचाउ गरे । 

  • Dhankutapress

थप