Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

सवारी साधनको लागि विधुतिय चार्जिङ्ग सेन्टर खुल्यो

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

धनकुटा प्रेस अनलाईन सम्वाददाता 

धनकुटा/यातयातको साधनलाई इन्धन भर्नको लागि विधुतिय चार्जिङ्ग सेन्टर सोमवार देखि धनकुटामा संचालनमा आएको छ ।

धनकुटा नगरपालिका वडा नं.१ सुकेपोखरी निवासी यूवा व्यवासयी मिलन खड्काले सवारी साधनको लागि करिव १७ लाख रुपयाँ लागनी गरेर विधुतिय चार्जिङ सेन्टर संचालनमा ल्याएका हुन् । 

चार्जिङ सेन्टरको प्रदेश नं.१ का माननिय इन्द्रमणी पराजुली, निरन राई र जिल्ला समन्वय समिति धनकुटामा प्रमुख निरेन तामाङले संयुक्त रुपमा एक समारोहको विच उद्धघाटन गरेका छन् । चार्जिङ्ग सेन्टरको उद्धघाटन गर्दे प्रदेश सदस्य इन्द्रमणी पराजुलीले भने–‘हाम्रो देशको मुख्य उत्पादन भनेको जलविधुत भएकाले यसको मौलिक प्रयोग आजको आवश्यक्ता हो ।’ त्यो लक्ष्यलाई पुरा गर्न यस्ता खाले चार्जिङ सेन्टरहरु स्थापना गरेर सवारी साधन चार्ज गर्ने, खाना, पकाउने ग्याँस, प्रेट्रोलियम पदार्थलाई विस्थापित गरी विधुतिय इन्धनको वढी भन्दा वढी प्रयोग गर्न सक्नु पर्नेमा पराजुलीले जोड दिए ।

चार्जिङ सेन्टरका संचालक मिलन खड्काले विद्युत प्राधिकरण धनकुटा शालले ट्रान्सफर्म निःशुल्क जडान गरि दिएको वताएका छन् । उनले चार्जिङ मेसिनलाई १० लाख, अन्य आवश्यक खर्च सहित १७ लाख रुपयाँ खर्च भएको बताए । उनले प्रति यूनिट विद्युत प्राधिकरणले ९ रुपयाँले दिने र भ्याट सहित १४ देखि १५ रुपयाँसम्म पर्ने वताए । आफूले विक्रि गर्दा प्रति युनिट २५ रुपयाँले विक्रि गर्न सकिनेछ । कुनै पनि सवारी साधनमा जिरो देखि चार्ज गर्दा ४० युनिटसम्म लाग्ने र मूल्य वढीमा १ हजारसम्म पर्ने वताइएको छ । 

एक पटक फुल चार्ज भैसकेपछि कुदाई अनुसार कम्तिमा तेह्रथुम देखि धरान र धरान देखी तेह्रथुमसम्म अपनडाउन गर्न पुग्ने पनि खड्काले दावी गरेका छन् । प्रेट्रोलियम पदार्थ भन्दा धेरै गुना विधुतिय चार्जिङ सवारी साधनहरुको लागि किफायती हुने संचालक खड्काको दावी छ । चार्जिङ सेन्टर उद्धघाटन कार्यक्रममा नेपाल विधुत प्राधिकरण धनकुटा शाखाका प्रमुख प्रल्लाहद पोख्रेल, उद्योग वाणिज्य संघ धनकुाटका कार्यवाहक महासचिव राम रायमाझी, निवर्तमान अध्यक्ष उमेश घिमिरे, यूवा व्यवसायी फूर्वा तामाङ लगायत स्थानिय यूवा व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 


  • Dhankutapress

थप