धनकुटा प्रेस अनलाईन सम्वाददाता
धनकुटा/होटल एशोसिएसन (हान) धनकुटाको सोमवार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले पुनः खगेन्द्र कुमार विष्टलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । निर्वाचित विष्ट धनकुटा हिलेका पर्यटन व्यवसायी एवं अभियान्ता हुन् ।
११ सदस्यीय जिल्ला कार्य समितिको बरिष्ठ उपाध्यक्षमा भुषण कुमार श्रेष्ठ र उपाध्यक्ष डम्बर राज काफ्लेलाई चयन गरेको छ । त्यसैगरी सचिबमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष मोहन वान्तवा, सह–सचिव ज्ञानेन्द्र वस्नेत र कोषाध्यक्षमा धनमाया श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा विनिता थापा, शोभा वस्नेत, सुजित प्रधान, सुमन कार्की र सोमनाथ पराजुली चयन भएका छन ।
नेपाल प्रहरीका पुर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी) दिनेश आमात्यको संयोजकत्वमा पाँच सदस्सीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यहरुमा हर्कराज राई,लालचन्द्र गोङ्घवा तामाङ, जयमणी घिमिरे र दिपेन्द्र पराजुली रहेका छन ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेस्रो जिल्ला अधिबेशनको उद्धघाटन सत्रमा जिल्ला प्रसासन कार्यलय धनकुटाका सहायक प्रजिअ अन्जन न्यौपाने, प्रहरी उपरीक्षक (एस्पी) कृष्ण प्रसाद कोईराला, उधोग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, पुर्व डिआईजी दिनेश अमात्य, उधोग वाणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष लालचन्द्र गोङ्गवा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- Dhankutapress