धनकुटा प्रेस सम्वाददाता
धनकुटा/धनकुटा वचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटा-७ ले आफ्नो संस्थाको १८ औं बार्षिक साधरणसभा मंगलवार भव्य रुपमा सम्पन्न गरेको छ ।
प्रदेश नं.१ का सांसद निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न १८ औं वार्षिक साधरणसभामा अध्यक्ष निरेन तितुङ तामाङले सहकारी संस्थाको तर्फबाट प्रगती प्रतिवेदन प्रश्तुत् गर्दै आ.व.०७८/०७९ को २८ करोड, ५२ लाख,३२ हजार, १ सय, ४४ रुपयाँ वरावरको वार्षिक वित्तिय कारोवार गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् ।
१८ औं साधारण सभालाई सम्वोधन गर्दै प्रदेश नं.१ का सांसद निरन राई /
सो अवसरमा अध्यक्ष तामाङले संस्थाको आय तर्फ शेयर विक्रीबाट ११ लाख, १० हजार, शेयर फिर्ता २० लाख, ५ हजार, ४ सय, निक्षेप संकलन ११ करोड, ६७ लाख, ७७ हजार, ९ सय, १६ रुपयाँ, निक्षेप फिर्ता ७ करोड, ९३ लाख, ७२ हजार, ७ सय ७२ रुपयाँ, ऋण माग ६१ लाख, ५७ हजार, ४७ रुपयाँ,ऋण तिरेको ५३ लाख, ७३, हजार, ३ सय ६५ रुपयाँ, ऋण लगानी ३ करोड, ७८ लाख, ९४ हजार, ४ सय ९३ रुपयाँ, ऋण अशुली ४ करोड, ७ लाख, १७ हजार, ९ सय २८ रुपयाँ गरी जम्मा आ.व.०७८/०७९ को कुल पुँजि निर्माण तर्फ २८ करोड, ५२ लाख, ३२ हजार, १ सय ४४ रुपयाँ रहेको जानकारी गराएका छन् ।
१८ औं वार्षिक साधारण सभामा सहभागी शेयर सदस्यहरु ।
त्यसैगरी अध्यक्ष तामाङले यथार्थ आय तथा व्यय तर्फ १ करोड,४ लाख, ३३ हजार, ८ सय ५० रुपयाँ बरावरको वित्तिय कारोवार देखाएका छन् । जसमा आय तर्फ लगानीवाट व्याज प्राप्त ९८ लाख, १४ हजार, ५ सय ९५ रुपयाँ, प्रवेश शुल्क वापत ८ हजार, ८ सय रुपयाँ, कर्जा व्यवस्थापन शुल्क ३ लाख, ७३ हजार, ९ सय ५८ रुपयाँ, शेयर लाभांश २ लाख, २३ हजार,५ सय, २९ रुपयाँ र विविध १२ हजार, ९ सय ६८ रुपयाँ गरि जम्मा १ करोड,४ लाख, ३३ हजार, ८ सय ५० रुपयाँ आय प्रश्तुत् गरे । त्यसैगरी व्याय तर्फ तलव भत्ता वापत १६ लाख, ७९ हजार, ६ सय रुपयाँ, भ्रमण खर्च ६० हजार, ३ सय, घर भाडा २ लाख, ३२ हजार, ८ सय रुपयाँ, वचतमा व्याज २१ लाख, ५६ हजार, ४ सय, ४१ रुपयाँ, स्टेशनरी ६५ हजार, २ सय २० रुपयाँ, साधारण सभा खर्च २ लाख, १९ हजार, २ सय, ४० रुपयाँ, ऋणमा व्याज ४३ लाख, २० हजार, ७ सय ४२ रुपयाँ, शेयर सदस्य लाभांश ८ लाख, ५८ हजार, ८ सय, २४ रुपयाँ, खुद वचत २ लाख, २६ हजार, २ सय, २६ रुपयाँ लागयतका गरी जम्मा १ करोड,४ लाख, ३३ हजार, ८ सय ५० रुपयाँ व्याय प्रश्तुत् गरे ।
१८ औं साधारण सभाको उद्धघाटन सत्रमा अतिथिहरु ।
अध्यक्ष तामाङले सहकारी संस्था स्थापना गर्दा शुरुमा दिनको १२ सय रुपयाँ जम्मा गर्ने सहकारीले ०७९ साल असार मसान्तसम्म आइ पुग्दा १ हजार, ५७ जना शेयर सदस्य संख्या पुगेको वताए । उनले आर्थिक मन्दिको कारण निक्षेप संकलनमा केहि कमी आए पनि
सो अवसरमा संस्थाका सचिव÷व्यवास्थापक खजिन्द्र राईले आ.व.०७८/०७९ को लक्ष्य प्रगती तथा वार्षिक कार्य योजना प्रश्तुत् गरेका थिए ।
सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद निरन राईले सहकारीको माध्यामवाट मुलुकलाई समृद्धि तर्फ लान सकिने धारणा राखे । उनले अवको सहकारीको लगानी कृषि क्षेत्रको उद्यमशिलताको लागी हुनु पर्नेमा जोड दिए । सो अवसरमा पुर्व सांसद गोपाल गुरागाँई, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, राष्ट्रिय सहकारी वैंकका धनकुटा शाखा प्रवन्धक रोजन गुरुङ, शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लि धनकुटाका अध्यक्ष रामचन्द्र गुरागाँई, राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ललित वि.क. लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष निरेन तामाङलाई मायाको चिनो स्वरुप उपहार प्रदान गरेर विदाई गरिदै ।
सो अवसरमा शेयर सदस्यहरु पुर्ण वहादुर श्रेष्ठलाई उत्कृष्ठ ऋणी, सोही वडाका रेवतमान श्रेष्ठलाई उत्कृष्ठ शेयर खरिद गरेवापत र सुस्मिता श्रेष्ठलाई उत्कृष्ठ निक्षेपकर्ताको सम्मान एवं पुरस्कार स्वरुप हरेकलाई १०÷१० कित्ता शेयर प्रदान गरिएको थियो । कार्यक्रमको संचालन समिति सदस्य ठगेन्द्र अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष खेमनाथ घिमिरेले राखेको थिए । साधारण सभाले सहकारीका अध्यक्ष निरेन तामाङ जिल्ला समन्वय समिति धनकुटाका प्रमुखमा चयन भएपछि उपाध्यक्ष खेमनाथ घिमिरेले का.वा.अध्यक्षमा जिम्मेवारी निर्वाह गरिरहेका थिए ।
संस्थाका कोषाध्यक्ष उमेश घिमिरेलाई मायाको चिनो स्वरुप उपहार प्रदान गरेर विदाई गरिदै ।
मंगलवारको १८ औं साधारण सभाको वन्द सत्रले उपाध्यक्ष घिमिरेलाई सहकारीको अध्यक्ष पदमा सर्वसम्वत चयन गरिएको छ । त्यसैगरी संचालक समितिका सदस्य खगेन्द्र सुवेदीलाई उपाध्यक्षमा चयन गरिएको छ चने कोषाध्यक्ष उमेश घिमिरेले पनि पद छाडेकाले उनको स्थानमा सहकारीका शेयर सदस्य केदार दाहाललाई कोषाध्यक्षमा चयन गरिएको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि निरन राई, संस्थाबाट विदा भएका अध्यक्ष निरेन तामाङ, कोषाध्यक्ष उमेश घिमिरेलाई संस्थाको तर्फबाट सम्मान स्वरुप मायाको चिनु उपहार प्रदान गरिएको थियो ।
- Dhankutapress