Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

‘जीवन विज्ञान’ का गुरु रमेश नेपाल धनकुटामा

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०८०, बुधबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/जीवन विज्ञानका प्रवद्र्धक एवं योग साधनाका गुरुदेव रमेश नेपालको धनकुटामा मंगलवार आगमन भएको छ । 

  गुरुदेवको आगमनसंगै धनकुटा–७ स्थित् त्रिवेणी माविको प्राङ्गगणमा हजारौं धनकुटेलीहरु माँझ गुरुदेव नेपालले जीवन विज्ञानसंग सम्वन्धित् प्रवचन दिए । करिव ८ वजे विहान कार्यक्रम स्थल आईपुगेका नेपालले डेड घण्टा प्रवचन दिएका थिए । कार्यक्रम स्थलमा प्रवेशसंगै कार्यक्रममा जीवन विज्ञान धनकुटाका संयोजक राधा तिम्सिनाले गुरुदेव रमेश नेपाललाई फूलको माला लगाएर स्वागत गरेका थिए ।

गुरुदेवसंगै धनकुटाका आईपुगेका जीवन विज्ञानका व्यवस्थापक किरण रुपाखेतीका अनुसार देशभर १६ सय प्रशिक्षक रहेका छन् । तिनै १६ सय प्रशिक्षक मार्फत ३ सय भन्दा वढी भौतिक रुपमा देश विदेशमा शाखाहरु संचालन भैरहेका छन् । रुपाखेतीले थपे–‘अनलाईनको माध्यामबाट पनि विश्वभरका हजारौंले कक्षा लिइरहेका छन् ।’ 

उनले जीवन विज्ञान भनेको मानव भित्र रहेको सम्भावनालाई अझ् उचाई दिनको लागि योगको माध्यामबाट कसरी अघि वढाउन सकिन्छ भन्ने मुख्य उदेश्य रहेको वताए । संसार भरका मान्छेहरुलाई कसरी योग, ध्यान, साधनाको माध्यामबाट कसरी खुशी पार्न सकिन्छ भन्ने अभियानमा गुरुदेव लागि परेको उनले स्पष्ट पारे । 

कार्यक्रममा प्रदेश माननिय इन्द्रमणी पराजुली, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेल, सुरक्षा निकाय प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल अन्तर्गतका सक्कल दर्जाका अधिकृत एवं जवानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

साथमा विभिन्न विद्यालायका शिक्षक एवं विद्यार्थिहरु, सामाजिक संघ–संस्थाका अगुवाहरु, जीवन विज्ञानसंग धनकुटामा आवद्ध दाजुभाई तथा दिदिवहिनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जीवन विज्ञान धनकुटाका उप–संयोजक हरी भण्डारीले गरेका थिए ।  

  • Dhankutapress

थप