धनकुटा प्रेस सम्वाददाता
धनकुटा/महाशिवरात्री तथा सेना दिवशको अवसरमा वरखगण सल्लेरी व्यारेक धनकुटाले मंगलवार विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको प्रमुख आतित्थ्यमा वरखगण सेल्लेरी व्यारेक धनकुटाले विविध कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्धघाटन सत्रलाई सम्वोधन गर्दै वरखगण सल्लेरी व्यारेकका प्रमुख सेनानी (कर्णेल) दुर्गा वहादुर थापाले कोभिड–१९ विरुद्धको बुष्टरडोज लगाउनुको साथै बीरगती प्राप्त गर्ने नेपाली सेनाको परिवारलाई सम्मान गरिएको बताए । उनले मंगलवार साँझ व्यारेक परिसरमा धुनी जगाएर भगवान शिवको महिमा प्रकट गर्नुको साथै आरधना गरिने कार्यक्रम समेत रहेको जानकारी दिएका छन् ।

प्रमुख सेनानी थापाले भ्याक्सिन लगाउन नम्वर २ फिए गुल्म धनकुटा हिलेबाट स्वास्थ्य प्राविधिक जम्दार विरेन्द्र कुमार चौधरीको कमाण्डमा ५ जनाको स्वास्थ्य टोलीले लगाएको कर्णेल थापाले बताए । सैनिक नागरिक सम्वन्ध सुधार गर्ने उदेश्यले आयोजना गरिएको कोभिड–१९ विरुद्धको वुष्टरडोज भ्याक्सिन स्थानिय वासिन्दा र नेपाली सेनालाई प्रदान गरिएको थियो । थापाले शिविरमा आउन नसक्ने जेष्ठ नागरिकहरुलाई घरमै गएर पनि भ्याक्सिन लगाईएको बताए । शिविरमा कोभिडशिल्ड, अष्ट्रोजेनिका र भेरोसिलको बुष्टरडोज लगाइएको हो । बरख गणका लप्टन जोहन गुरुङले बुष्टरडोज सर्वसाधरण १ सय १७ जना, नेपाली सेना २४ जना, भूपु सैनिक ३ जना, तिनका आश्रित परिवार ३ जना र प्रहरी ३ जना गरी जम्मा १ सय ५० जनाले लगाएको बताए ।

कार्यक्रममा शसस्त्र प्रहरी बल २ नम्वर गुल्म हेडक्वाटर धनकुटाका प्रहरी नायव उपरिक्षक रामचन्द्र श्रेष्ठ, राष्ट्रिय अनुशन्धानका प्रमुख तुलसीराम कट्टेल लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । शिविर धनकुटा नगरपालिका वडा नं.६ स्थित् गोकुण्डेश्वर माध्यामिक विद्यालयको प्राङ्गगणमा सम्पन्न भएको थियो ।
- dhankutapress