Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

मौलिक सँस्कृति प्रदर्शनीमा नेपाल मगर संघ नगर समिति धनकुटा प्रथम

  •   ३ हप्ता अघि | १५ बैशाख २०८१, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटामा सनिवार आयोजित मौलिक साँस्कृतिक प्रशिक्षण, प्रदर्शनी तथा मुल्याङ्गकन समापान समारोहमा नेपाल मगर संघ नगर समिति धनकुटा प्रथम भएको छ । 

धनकुटा नगर क्षेत्रमा रहेको १२ एकल जातिहरुको मौलिक सँस्कृतिक प्रशिक्षण, प्रदर्शनी तथा मुल्याङ्गकन समारोहमा ११ एकल जातिहरुको प्रदर्शनीलाई पछि पार्दै मूल्याङ्गकनको आधारमा मगर संघ नगर समिति धनकुटा प्रथम भएको हो । जितसंगै नेपाल मगर संघ नगर समिति धनकुटाले नगद ८ हजार, सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी प्रदर्शनीमा नेवाःपुचः धनकुटाको कलाकार टोलीले दोश्रो स्थान हाशिल गरेको छ । नेवाःपुचःले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरी किराँत याक्थुङ्ग चुम्लङ्ग र किराँत आठपहरिया समाज तेश्रो भएको छ । उनीहरुले जनही २ हजार सहित प्रमाणपत्र हात पारेका छन् ।  

अहिले यूवा पुस्तामा हराउँदै गएको विभिन्न जातजातिको मौलिक संस्कृतिमा आधारित ज्ञानसीप तथा कलालाई हस्तान्तरण गर्ने उदेश्यले ५ दिने प्रशिक्षण पछि प्रदर्शनी तथा मूल्याङ्गकन गरिएको छ । धनकुटा नगरपालिकाको सहयोगमा संचालित मौलिक साँस्कृतिक प्रशिक्षण, प्रदर्शनी तथा मुल्याङ्गकन समारोहमा वाँकी रहेका एकल जातिहरुलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । 

कार्यक्रमलाई सम्वोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले कार्यक्रमले हरेक जातिको भाषा, संस्कार, संस्कृति जोगाई राख्न सहयोग पु¥याएको बताए । धनकुटा नगरमा रहेको विभिन्न जातजातिको मौलिक परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरण हुनु गौरबको विषय भएको बताए । तामाङले नेपालको विभिन्न जातजातिको संस्कार संस्कृति भनेको अमूल्य नीधि एवं सम्पदा भएको बताए । 

प्रदर्शनीमा मूल्याङ्गनकर्ताको भूमिका धनकुटा वहुमुखी क्याम्पसका प्राध्यापक इच्छापूण राई, भूजेल सेवा समाजका केन्द्रिय सचिव जेपी भूजेल र साहित्यकार केजी सुब्बाले निर्वाह गरेका थिए । प्रदर्शनीमा मूल्याकनकर्ताहरुले सहभागीहरु माँझ भेषाभूषा, मौलिक शब्दको प्रयोग, संस्कार, संस्कृतिको आधार, प्रदर्शन र प्रश्तुतीलाई विशेष जोड दिइएको थियो ।  

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धनकुटाका अध्यक्ष दालमु शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राई, फोनिज प्रदेशका अध्यक्ष सन्तवीर लामा, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष तारा तितुङ, एकल जातिय संस्थाहरुको तर्फबाट नेवाःपुचः धनकुटाका अध्यक्ष नविनकिशोर शाक्य लगायत शुभकमना मन्तव्य व्यक्त गरेका थिए । 

तस्विरहरु : फोटो फिचर

  • Dhankutapress

थप