Breaking News
नेपाल तामाङ घेदुङ प्रदेश नं.४ को अध्यक्षमा राम ब्लोन तामाङ चयन    ||     भीमनारायण गोल्डकप : एपीएफ र विर्तामोड युनाईटेड क्लव झापाविच उपाधिको लागि भिडन्त हुने    ||     भीमनारायण गोल्डकप : एपीएफ फाइनलमा    ||     भीमनारायण गोल्डकप : कडा प्रतिष्पर्धाको विच आयोजक सेमीफाइनलमा    ||     जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||    

ब्लाष्टकर्मी लामालाई फाउण्डेशन र मोक्तान वंश समाजको सम्मान

  •   २ महिना अघि | २६ फाल्गुन २०८०, शनिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता

धनकुटा/स्व.चक्र वहादुर पालुङवा फाउण्डेशसन धरान–१२ ले मास्टर स्व.चक्र वहादुर पालुङ्गवाको ९० औं जन्मजयन्तीको अवसर पारेर सम्मान तथा वृद्धवृद्धालाई खाद्यन्न वितरण कार्यक्रम आयोजना गरेको छ । 

फाउण्डेशनले लामो समय देखि धनकुटामा पत्रकारिता गरिरहेका अग्रज पत्रकार सन्तवीर लामालाई मोफसलमा रहेर उत्पिडित जातिको हकअधिकारको सवालमा कलम चलाएको भन्दै सम्मान गरेको हो । लामालाई राज्यद्धारा पछि पारिएको जाति जनजातिहरुको हकअधिकारको सवालमा ब्लाष्ट टाईम्स राष्ट्रिय दैनिक सहित विभिन्न संचार माध्याममा आवद्ध भई प्रचार–प्रसार गरेर राज्यलाई झक्झकाएको भन्दै सम्मान गरिएको फाण्डेशनका अध्यक्ष योगन्द्र पालुङ्गवाले बताए । 

खाद्यन्न वितरण तथा सम्मान कार्यक्रममा विशिष्ट अतिथि धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी पून्यविक्रम पौडेलले पत्रकार लामालाई नगद १० हजार, ५ सय सहित सम्मानपत्रले सम्मान गरे । सो अवसरमा फाउण्डेशनका संरक्षक विष्णु माया पतङ्गवा पालुङ्गवा, उपाध्यक्ष सरस्वती पालुङ्गवा र सल्लाहकार डि.वि.पालुङ्गवाले पनि संयुक्त रुपमा पत्रकार लामालाई सम्मान पत्र प्रदान गरेका थिए । 

कार्यक्रममा विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन गोठाले, उपाध्यक्ष शंकर दाहाललाई फाउण्डेशनको तर्फबाट लगिएको चालम, दाल, चिनि, खानेतेल, फलफूल लगायतका खाद्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । 

स्व.चक्र वहादुर पालुङ्गवा फाउण्डेशनका अध्यक्ष योगेन्द्र पालुङ्गवाको अध्यक्षतामा सम्पन्न सम्मान तथा खाद्य सामाग्ी वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पून्यबिक्रम पौडेल, फाउण्डेशनका संरक्षक एवं स्व.चक्र वहादुर पालुङ्गाका धर्मपत्नी विष्णुमाया पतङ्गवा पालुङ्गवा, भीमदल गण सल्लेरी धनकुटाका गणपति सुमन थापा मगर, राष्ट्रिय अनुशन्धान धनकुटाका प्रमुख रुद्र गुर्वछाने मगर, शसस्त्र प्रहरी बल धनकुटाका डिएस्पी सुधन भारती लगायतको उपस्थिति रहेको थियो ।

स्व.चक्र वहादुर पालुङ्गवा फाउण्डेशनको स्थापना वि.सं.०७५ सालमा धरान–१२ मा भएको हो । फाउण्डेशनले स्थापना काल देखि नै हरेक वर्ष आयोजना हुने स्व.चक्र वहादुर पालुङ्गवाको जन्म जयन्तीको अवसरमा एक जना संचारकर्मीलाई सम्मान गर्दै आएको छ । यसै क्रममा यस पटक ब्लाष्ट टाईम्स दैनिकका धनकुटा स्थित् सम्पर्क कार्यालयका सम्पर्क अधिकृत एवं फोनिज १ नम्वर प्रदेशका अध्यक्ष सन्तवीर लामालाई सम्मान गरिएको हो । 

त्यसैगरी मोक्तान वंश अनुशन्धान समाज प्रदेश १ समितिले पनि ब्लाष्टकर्मीलाई समाजको दोश्रो प्रादेशिक भेलाको उद्धघाटन सत्रका अवसर पारेर शुक्रवार सम्मान गरेको हो । समाजको प्रदेश भेला यहि फागुण २५ गते देखि इटहरीमा जारी रहेको छ । समाजको दोश्रो प्रदेश भेलामा प्रदेश नं.१ को १४ वटै जिल्लाबाट प्रतिनिधि पर्यवेक्षकहरु सहभागीता रहेको अध्यक्ष शंकर मोक्तानले वताए । उनले फोनिज प्रदेश अध्यक्ष लामाले मोफसलमा रहेर पत्रकारिताको माध्यामबाट समाज परिवर्तनमा ठूलो योगदान पु¥याएको भन्दै सम्मान गरिएको बताए । 

  • Dhankutapress

थप