Breaking News
गाँजा खेतीलाई वैधानिकता दिन सर्वोच्चको परमादेश, तीन महिनाभित्र नियमावली बनाउन सरकारलाई निर्देशन    ||     ‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||    

ह्रिन्छेन छ्योलिङ गुम्वमा धर्मदेशना कार्यक्रम सम्पन्न

  •   ४ वर्ष अघि | २० साउन २०७९, शुक्रबार

धनकुटा प्रेस सम्वाददाता

धनकुटा /धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडा भोटेचौतारमा रहेको हिन्छेन छ्योलिङ गुम्वामा एक दिने धर्मदेशना वुद्धधर्म सम्वन्धि प्रवचन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । 

उच्च उदालत विराटनगर धनकुटा इजलासका माननिय न्यायधिश फुर्पा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न धार्मिक प्रवचन कार्यक्रममा ताओ एशोसिएशन अफ नेपालका ताओ गुरु छेनरेनले धार्मिक प्रवचन दिएका थिए । सो अवसरमा ताओ गुरु छेनरेनले शान्तिद्धिप प्रज्वलन गरेर शान्ती पाठ गरेका थिए । उनले वुद्धधर्मको शिल, वचन र वुद्धत्वको वारेमा पनि प्रकास पारेका थिए । धार्मिक कार्यक्रममा ताओ गुरुहरु प्रकास भट्टराई, सुवर्ण श्रेष्ठ, कृष्ण ब्लोन तामाङ, माधव भट्टराई, केशव भट्टराई, चन्द्र कुमारी ब्लोन लगायतले शान्तीपाठ गरेका थिए ।  

सो अवसरमा ताओ दर्शनअनुसार ताओगुरु छेनरेन लगायत धर्मगुरुहरुले द्धिप प्रज्वलन गर्नुको साथै शान्तीपाठ गरेर शान्तीको कामना गरेका थिए । धार्मिक प्रवचन कार्यक्रममा गुम्वा व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरु, आजिवन सदस्सयहरु, साधरण सदस्यहरुको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा धनकुटा नगरपालिकाका विभिन्न वडाका भक्तजनहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । 

आयोजित कार्यक्रममा म्हानिपा घेदुङ नगर समिति धनकुटाले टाशी ग्यापा (मंगलपाठ) गरेका थिए । डम्फुरेहरुले डम्फू वजाएर तामाङ सेलो मार्फत साङसेर्गेम गरेका थिए । 

गुम्वा व्यवस्थापन समितिका संयोजक इमानसिंह वाईबा तामाङको अध्यक्षतामा सम्पन्न धार्मिक प्रवचन कार्यक्रममा वडा नं.४ का वडाध्यक्ष जम्शेर छाराहाङ, छथरजोरपाटी वडा नं.४ का वडाध्यक्ष टेकवहादुर तामाङ, नगर घेदुङका अध्यक्ष कुलवहादुर तितुङ तामाङ, गुम्वाका सल्लहाकार खड्ग वहादुर पाख्रीन, सिलढुङ्गा सामुदाियक वनका अध्यक्ष दोद्धराज बास्तोला, गुम्वा अनुगमन समितिका संयोजक रामवहादुर ब्लोन तामाङ, जेष्ठ नागरिक संघ नगर समिति धनकुटाका उपाध्यक्ष लक्ष्मी भट्टराई, ओम शान्तीका गंगा वुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमको संचालन गुम्वा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले गरेका थिए ।

  • Dhankutapress

थप