Breaking News
जिल्ला घेदुङ धनकुटाले आगामी फागुण–१२ गते हिलेमा सोनाम ल्होछार मनाउने    ||     ६ सय केजी गाँजा सहित ट्याङ्गकर प्रहरी नियन्त्रणमा    ||     चौतारीको २६ औं स्थापना दिवशमा विरामीलाई फलफूल वितरण    ||     चौबिसे रनिङ्ग कप फुटवल प्रतियोगिताको उपाधि वडा नं.६ राजारानीलाई    ||     धनकुटाको हिलेमा खेलकुद सामाग्री वितरण    ||     आखिरी किन खेपीरहेका छन् हाम्रा देशका ठूला दलका शिर्ष नेताहरुले दुव्र्यावहार ?    ||     राष्ट्रिय पर्वहरुको अवसरमा एमालेको शुभकामना आदनप्रदन कार्यक्रम सम्पन्न    ||     संघीयता, गणतन्त्र, लोकतन्त्र रक्षा गर्न समाजवादी मोर्चा–पूर्व मन्त्रि चेम्जोङ    ||     बुद्विचाल प्रतियोगितामा डंगोल भए जिल्ला प्रथम    ||     निःशुल्क स्वास्थ्य शिविरको दशौ दिन १४२ जनाले पाए उपचार सेवा    ||    

निर्माणधिन ह्रिन्छेन छ्योलिङ्ग गुम्वालाई ब्लोन सरको सहयोग

गुम्वा निर्माणको लागि ५० हजार नगद हस्तान्तरण

  •   ४ हप्ता अघि | २९ चैत्र २०८०, बिहिबार

धनकुटा प्रेस अनलाईन खवर सम्वाददाता 

धनकुटा/धनकुटा नगरपालिका वडा नं.४ मा निर्माणधिन अवस्थामा रहेको ह्रिन्छेन छ्योलिङ्ग गुम्वालाई आर्थिक सहयोग प्राप्त भएको छ । 

समाजसेवी एवं शिक्षाप्रेमी हाल धरान निवासी कृष्ण ब्लोन तामाङले ह्रिन्छेन छ्योलिङ गुम्वा व्यवस्थापन समितिका अध्यक्ष राधा देवी तामाङलाई एक कार्यक्रमको विच नगद ५० हजार हस्तान्तरण गरेका हुन् । नगद हस्तान्तरण गर्दै गुम्वाका प्रमुख सल्लाहकार समेत रहेका तामाङले भने–‘केहि समय अघि आफू अमेरिका गएको समयमा आफ्ना नातागोता र आफन्तबाट गुम्वा निर्माण सहयोगार्थ संकलन गरेर ल्याएको रकम हस्तान्तरण गरेको छु ।’ उक्त रकम अमेरिकामा रहेका क्षितिज र कुमार व्लोनबाट १३ हजार, ममता ब्लोन र सुभान प्रधानवाट २६ हजार र सायन प्रधानबाट ११ हजार गरी जम्मा ५० हजार रकम हस्तान्तरण गरिएको हो । 

उनले आफूले आगामी दिनमा पनि गुम्वा निर्माणको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । तामाङले थपे–‘गुम्वा निर्माण तिव्र गतिमा भैररहेको मैले महशुस गरेको छु, किन भने गुम्वा निर्माण गर्न सजिलो छैन, जस्ले जिम्मेवारी लिएर काम गरिरहनु भएको छ, उहाँहरु सवै सवैलाई सम्मान र धन्यवाद दिन चाहान्छु ।’ उनले गुम्वा निर्माणको कामले निरन्तर पाओस भन्दै शुभकामना समेत व्यक्त गरेका छन् । 

यसै विच धनकुटाका शिक्षा प्रेमी एवं समाजसेवी साथै गुम्वाका सल्लाहकार  सदस्य हर्कप्रसाद लामाले पनि गुम्वा निर्माणको लागि ५ हजार नगद गुम्वाका सचिव सन्तवीर लामालाई प्रदान गरेका छन् । गुम्वाका सल्लाहकार सदस्य समेत रहेका लामाले उक्त रकम धरानमा ह्रिन्छेन छ्योलिङ गुम्वा धनकुटाका सचिव लामालाई हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा निर्माणधिन गुम्वाको भौतिक अवस्स्थको बारेमा गुम्वाका मुख्य व्यवस्थापक एवं धनपा वडा नं.४ का वडा सदस्य इमान बहादुर तामाङले जानकारी गराएका थिए । उनले अमेरिकाबाट नगद सहयोग संकलन गरेर गुम्वासम्म ल्याउनु हुने ब्लोन सरलाई विशेष धन्यवाद् दिए । साथै नगद हस्तान्तरण कार्यक्रममा सहभागी सवैलाई धन्यवाद ज्ञापन गरेका दिए । 

दाहासंस्कार स्थल निर्माण उपभोक्ता समितिको अध्यक्षमा नेत्र कुमारी 

सो अवसरमा ह्रिन्छेन छ्योलिङ गुम्वा नजिकै रहेको तामाङ वौद्ध दहासंस्कार स्थललाई थप आधुनिक र व्यवस्थित् गर्नको लागि नेत्रकुमारी तामाङको अध्यक्षतामा १५ सदस्यीय निर्माण उपभोक्ता समिति चयन गरिएको छ । सागर निर्माण समितिको सल्लाहकार संयोजकमा इमान वहादुर वाईलाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।  

कार्यक्रम गुम्वा व्यवस्थापन समितिका अध्यक्ष राधा देवी तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिव सन्तवीर लामाले गरेका थिए ।  

  • Dhankutapress

थप