Breaking News
‘अबको राजनीति टाईसुट, कोट पेन्टमा नभएर भेष र हाफ्पेन्टमा‘–पुर्व मन्त्री राई (फोटो फिचर सहित)    ||     राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको कुल आम्दामी ५७ लाख, ४८ हजार (फोटो फिचर सहित)    ||     प्रदेश नं.१ मा १३ वटा मातृभाषा सरकारी कामकाजको भाषा हुने भएपछि खुशियाली    ||     दुई दिने विजयपुर सम्मेलन धरानमा सुरु    ||     किराँत राई यायोक्खा धनकुटाको अध्यक्षमा पुनः उद्धवमणी    ||     ‘किराँत प्रदेशको लागि किराँत राई यायोखा एक्लै आन्दोलन गर्ने‘ –केन्द्रिय उपाध्यक्ष–तिलक राई (फोटो फिचर सहित)    ||     भोटेकोशीको वाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा हिले गुम्बामा १ हजार द्धिप प्रज्वलन गर्ने    ||     ढलाईमा भाइमिटर लाउने क्रममा करेन्ट लागेर निर्माण व्यवसायीको मृत्यु    ||     पहिरोको उच्च जोखिममा साँगुरीगढीका १ सय २० घर परिवार (फोटो फिचर)    ||     १ हजार २ सय ४० किलो गाँजासहित धनकुटामा मालवाहक ट्रक प्रहरी नियन्त्रणमा    ||    

भुजेली पर्व र धनकुटाका भुजेल समुदाय

  •   २ वर्ष अघि | १७ जेष्ठ २०८१, बिहिबार

सन्तवीर लामा

धनकुटा/मुलुकमा व्यवस्था परिवर्तन भएसंगै विभिन्न जातजातिहरुले आ–आफ्नो भाषा, संस्कार,संस्कृतिको रक्षा गर्दै आफ्नो जातिको पहिचान स्थापित गर्दै आएका छन् । उनीहरुले परापुर्वकाल देखीको आफ्नो पुर्खाले मनाउँदै आएको चालचलनलाई आजको पुस्ताले पनि हस्तान्तरण गर्न विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । 

यसै विच भुजेल सेवा समाज धनकुटाले उभौली पर्व–०८१ अवसरमा धनकुटा नगरपालिका वडा नं.६ मा रहेको भुजेली कुवामा भुजेली पुजा एवं शुभकानमा आदन प्रदान कार्यक्रम–०८१ वुधवार आयोजना गरेको छ । विशेष गरेर ०६२/०६३ को परिवर्तन पछि धनकुटामा भुजेल जातिले आफ्नो मौलिक प्रकृतिक भुजेली पुजा गर्दै आएका छन् । उनीहरुले धनकुटा नगरपालिका वडा नं.६ मा रहेको भुजेली कुवामा आफ्नो इष्टदेवलाई पुकार्दै सवै जना मिलेर पुजारामे (पुजारी) बाट पुजा आरधना गरेका छन् । धनकुटा–६ आत्मारामा रहेको भुजेली कुवा एक ऐतिहाशिक कुवा भएको भुजेल सेवा समाजका १ नम्वर प्रदेस समितिका सचिव समेत रहेका जेपी भुजेलले बताएका छन् । भुजेली कुवामा परापूर्वकाल देखी धनकुटा जिल्लाका भुजेलहरुले संयुक्त रुपमा भेला भएर आफ्नो इष्टवेवलाई पुजाआरधना गर्दै आएका छन् । उक्त स्थानमा मणीकुण्ड, जलकुण्ड, दुधकुण्ड र भुजेलीपार्क समेत रहेको छ ।

यसैक्रममा धनकुटा जिल्लाका विभिन्न पालिकामाहरुमा छरिएर वसेका भुजेल समुदयाले पछिल्लो समयमा आफ्नो जातिको मौलिक संस्कृतिको जगेर्ना गर्न संगठित हुँदै आएका छन् । धनकुटा जिल्लामा नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध १५ एकल जाति मध्ये भुजेल जाति पनि पर्दछन् । भुजेल जाति प्रकृतिपुजक जाति भित्र पर्दछन् । भुजेल सेवा समाजका प्रदेश सचिव एवं पुर्व जिल्ला अध्यक्ष समेत भैसकेका भुजेल भने–‘धनकुटा जिल्लामा ३ सय १८ घरधुरीका १ हजार, ५ सय, ९० जनसंख्या रहेको छ ।’ त्यसैगरी धनकुटा नगरपालिका क्षेत्रमा ६४ घरधुरीका २ सय ५६ भुजले जातिको जनसंख्या रहेको छ । उनले धनकुटाका भुजेल जातिले ०६२/०६३ को परिर्वतन पछि आफ्नो भाषा, संस्कार, संस्कृतिको लागि संगठित हुँदै आएको बताएका छन् । उनले थपे–‘भुजेल सेवा समाजको अगुवाईमा धनकुटाको सातै पालिकामा वसोवास गर्ने भुजेल समुदाय संगठित भएर आफ्नो जातिको पहिचान स्थापित गर्न अघि वढीरहेका छन् । 

भुजेल जातिको इतिहास :

नेपालमा भूजेल जातिको कुरा गर्दा वि.सं.२०३९/०४० साल भन्दा पहिले भूजेल जातिको त्यति चर्चा परिचर्चा भएको पाइन्दैन । वि.सं.०३९ साल भन्दा पहिले भुजेल जातिले घर्ति लेख्ने चलन थियो र त्यो किन भयो भन्नेबारे भूजेल जातिले आफ्नो इतिहाँस आफै वुझ्न, अनुशन्धान गर्न जरुरी छ । कुरा वि.सं.५५३ साल अथार्त पाँचौं÷छैटौं शताब्दि तिरको हो । नेपालको पश्चिमी भेग कर्णाली प्रदेशको हिमाली भञ्याङ्गहरु पार गर्दै तिब्बततिरबाट मगर समुदायसंगै एउटा अर्को समुदायको प्रवेश भयो । त्यो समुदाय ढोरपाटन क्षेत्रमा वसोवास गर्न थाले । 

शुरुवाती समयमा त्यो समुदाय २ भागमा वाँडिएको थियो । एक हुल बाग्लुङ र रुकुम जिल्लाको सिस्ने हिमालवाट उत्पति भएको नदी किनारमा वसोवास गरे । उनीहरुलाई घर्ति भनेर सम्वोधन गर्न थालियो । अर्को हुल भने बाग्लुङ जिल्लाको भुजिखोला वरीपरी बस्न थाले र फलस्वरुप भुजेल भन्न थालियो । यसरी यो जाति कलान्तरमा घर्ति र भुजेल भनेर चिनिन पुगे भनेर सन २०१२ मा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. दानवहादुर रेग्मीद्धारा लिखित ‘सम सोसिओलिङ्गग्युसिटक एसपेक्टस् इन भुजेल’ (some sociolinguistic Aspects in Bhujel)  नामक पुस्तकमा उल्लेख गरेका छन् । 

भुजेल सेवा समाज धनकुटाका सचिव दिपक भुजेलका अनुसार केही वर्ष अघि जिल्लाको छथरजोरपाटी–४ तांखुवामा भुजेल जातिले संगठित भएर वृहत भुजेली पुजा गरेको वताएका छन् । त्यसपछि निरन्तर रुपमा धनकुटा–६ कै आत्मारामा रहेको भुजेली कुवामा पुजाआरधना गर्दै आएको सचिव भूजेलले बताए । उनका अनुसार हरेक वर्ष उधौली पर्व र उभौली पर्वको अवसर पारेर भुजेल जातिले भुजेली पुजा गर्दै आएको बताएका छन् । उनले पुर्णिमा देखी पञ्चमीसम्ममा भुजेल जातिले तिथि मिलाएर पुजा आरधना गर्ने गरेको बताए । 

एकै थालोमा भेला भएर भुजेली पुजा :

भुजेल सेवा समाजका अगुवा एवं समजसेवी सरोज भुजेलले भुजेल जातिको भाषा, संस्कार,संस्कृति हराउँदै गएकाले यूवा पुस्तामा स्थापित गर्नको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । उनले आफ्नो जातिको संस्कारलाई स्थापित गर्नको लागि धरानबाट भुजेल जातिको पुजारामे (पुजारी) बालकुमार भुजेललाई ल्याएर धनकुटा–६ को भुजेली कुवामा यो वर्षको पुजा उभौली पर्वको अवसरमा भुजेलीपर्व मनाएको बताए । उनले पुजा आरधना गर्नको लागि विशेष गरेर धनकुटा नगर क्षेत्रका भुजेल जातिहरु र अन्य पालिकाका पनि सहभागी रहेको बताए ।

भुजेल जातिका पुजारी (पुजारामे) बालकुमार भुजेलले हरेक वर्ष उभौली पर्वको बेला आयोजना हुने भुजेली पुजाले साँच्चिकै भुजेल जाति आदिवासी जनजाति हो भन्ने जनचासो आमसमुदायमा वड्दै गएको बताए । उनले भुजेली पुजामा भुजेल जाति प्रकृतिपुजक भएकाले प्रकृतिलाई पुकार गरिने बताए । उभौली पुजामा अन्नबाली राम्रोहोस, असिना नपरोस, वाढी पहिरो नलागोस, परिवारमा शान्ति छावस भनेर कामना गरिने पुजारी बालकुमारले बताए । उनले प्रदेस नं.१ को विभिन्न जिल्लामा भुजेल समुदाय छरिएर रहेको र आफू धरानमा बसेर हरेक जिल्लामा पुजारीको रुपमा आफुले काम गरिरहेको बताए । उनले आफ्नै भाषामा पुजा आरधना गर्दे आएका छन् । 

उभौली पुजा तथा शुभकानमा आदन प्रदान कार्यक्रममा भुजेल सेवा समाज प्रदेश समितिका सचिव जेपी भुजेल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका पुर्व अध्यक्ष पार्वती राई, किराँत आठपहरिया समाज धनकुटाका नगर अध्यक्ष सचेता आठपहरिया, भूजेल सेवा समाज धनकुटाका सचिव दिपक भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

पुजामा धनकुटामा रहेका विभिन्न एकल जातिय संघ–संस्था एवं विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम भुजेल सेवा समाज धनकुटाका अध्यक्ष मणी भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । पुजामा भुजेल समुदायका दाजुभाई तथा दिदिवहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । यसरी सामुहिक रुपमा आयोजना गरिएको भुजेली पुजाले भुजेल समुदायमा मौलिक साँस्कृतिक जागरण समेत ल्याएको छ । 

भुजेल सेवा समाज धनकुटा नगरको अध्यक्षमा उद्धब भुजेल चयन :

भुजेल सेवा समाज धनकुटा नगरको वुधुवार सम्पन्न चौथो नगर अधिवेशनले उद्धव भुजेललाई अध्यक्षमा चयन गरेको छ । समाजको उपाध्यक्ष, सचिव, सह–सचिब र कोषाध्यक्षमा क्रमशः हिक्मत भुजेल, सुनिल भुजेल, सुनिता भुजेल र विष्णुमाया भुजेललाई चयन गरिएको छ । 

तेह्र सदस्सीय नगर समितिको सदस्यहरुमा सुमिल भुजेल, पर्वत भुजेल, सविना भुजेल, विनोद भुजेललाई चयन गरिएको छ । धनपा वडा नं.१ हिले र वडा नं. २ भीरगाउँबाट १÷१ जना वाँकी रहेको सदस्य पदमा पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष उद्धव भुजेलले बताए । 

नवनिर्वाचित भुजेल सेवा समाजका पदाधिकारी एवं सदस्यहरुलाई भुजेल सेवा समाज १ नम्वर प्रदेश समितिका सचिव जेपी भुजेलले पद तथा गोपनियताको सफथ ग्रहण गराएका थिए । 

  • Dhankutapress

थप