धनकुटा प्रेस सम्वाददात
धनकुटा/धनकुटा नगरपालिका वडा नं.६ स्थित् फोक्ल्याण्ड टापु टोलमा रहेको ऐतिहाशिक मन्दिर दक्षिणकाली मिन्दरको संरक्षण एवं संवद्र्धन गर्ने उदेश्यले समाजसेवी नविन किशोर शाक्यको अध्यक्षतामा आईतवार मन्दिर व्यवस्थापन समिति गठन गरिएको छ ।
धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष मिलन नेवाःखड्गीको प्रमुख आतिथ्यमा मन्दिरसंग सरोकार राख्ने भक्तजनहरुको एक भेलाले समाजसेवी एवं धनकुटा–६ मा रहेको भिमसेन मन्दिरका पुजारी नविन किशोर शाक्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
धनकुटा स्थित् सल्लेरीमा रहेको नेपाली सेनाको भीम दल गणले विशेष रुपमा ऐतिहाशिक काल देखि नै इष्टदेवको रुपमा दक्षिणकाली मन्दिरमा पुजा आरधाना गर्दै आएको छ । दक्षिणकाली मन्दिर पछिल्लो समयमा संरक्षणको अभावमा जिर्ण वन्दै गएकाले पनि थप व्यवस्थित् गर्नको लागि मन्दिर व्यवस्थापन समिति गठन गरिएको नवनिर्वाचित अध्यक्ष नविन किशोर शाक्यले बताए ।
मन्दिर व्यवस्थापन समितिको उपाध्यक्षमा शिवकुमार तिगेला लिम्वु, सचिवमा सन्तवीर लामा, सह–सचिवमा दिपेस कुमार शाही र कोषाध्यक्षमा विमला राईलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा डम्वर खवाहाङ लिम्वु, भोजराज खवास, शकुन्तला लिम्वु, कुसुम जोशी श्रेष्ठ रहेका छन् ।
धनकुटा नगरपालिका वडा नं.६ विच वजार निवासी समाजसेवी सत्यनारयण श्रेष्ठको अध्यक्षतामा सम्पन्न मन्दिर व्यवस्थापन समितिको भेललाई सम्वोधन गर्दै वडाध्यक्ष एवं भेलाका प्रमुख अतिथि मिलन नेवाः खड्गीले मन्दिरलाई व्यवस्थित् गर्नको लागि वडाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले भने–’मन्दिर पुरानो र ऐतिहाशिक हो, उचित संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ, सवै मिलेर संरक्षण एवं सम्वद्र्धन गर्नु पर्छ ।’ उनले मन्दिरलाई जिर्णोउद्धार गर्न वडाको तर्फबाट हरेक आर्थिक वर्ष वजेट विनियोजन गरि दिने प्रतिवद्धता व्यक्त गरे । उनले चालु आ.व.मा मन्दिरको जिर्णेउद्धार गर्नको लागि १ लाख रुपयाँ विनियोजन गरेको वताए ।
कार्यक्रमका विशेष अतिथि भिमदल गण सल्लेरी व्यारेक धनकुटाका सेनानी (मेजर) पुर्ण प्रजापतीले नेपाली सेनाले आफ्नो स्थापना काल देखि नै निशान मन्दिर, दक्षिणकाली मन्दिरलाई इष्ट देवको रुपमा पुजा आरधना गर्दै आएको वताए । उनले भने–‘नेपाली सेनाले धनकुटाको निशान मन्दिर, दक्षिणकाली मन्दिरलाई इष्टदेव र आरध्य देवको रुपमा मान्दै आएको छ ।’ उनले दक्षिणकाली मन्दिर जिर्णोउद्धार गर्न भिमदल गणाको तर्फबाट सक्दो सहयोग गर्ने वताए ।
फोकल्याण्ड टापु टोल विकास संस्थाका अध्यक्ष शिवकुमार तिगेला लिम्वुले कस्तुरीको विन्द आफैले वोकेर पनि थाहा पाउँदैन भने जस्तो फोक्ल्याण्ड टापुवासीले दक्षिणकाली मन्दिर भएर पनि कस्तुरीले जस्तै विन्दा थाहा नपाएको वताए । उनले भने–‘ढिलै भए पनि मन्दिर व्यवस्थापन समिति बनेको छ, मन्दिरलाई अवको दिनमा जसरी भएपनि व्यवस्थित् गरेर लानु पर्छ ।’ उनले भने–‘ऐतिहासिक मठ्, मन्दिरकोहरुको संरक्षण संम्वद्र्धन गर्ने दायित्व राज्यको भएकोले वडा सरकारले विशेष ध्यान दिनुपर्छ ।’ आफू टोलको तर्फबाट पनि मन्दिर व्यवस्थापन गर्नको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
भेलामा फोक्ल्याण्ड टापु टोल विकास संस्थाका सदस्यहरु उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सचिव सन्तवीर लामाले गरेका थिए ।
- Dhankutapress